प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा बिशषेज्ञ सेवा सुरु, विपन्न र विकटका नागरिकलाई राहत

नजिक न्युज संवाददाता    

प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा बिशषेज्ञ सेवा सुरु, विपन्न र विकटका नागरिकलाई राहत

बाजुरा : प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा बिशषेज्ञ सेवा सञचालन गरिएको छ । नागरिकलाई सहज उपचार सेवामा जोड्न आकस्मीक प्रसुती सेवा सञ्चालन गरेको हप्तादिन नबित्दै स्वास्थ्य केन्द्रमा बिशषेज्ञ सेवा सञ्चालन गरिएको हो । 

कुण्डा क्षेत्रले बर्षौदेखि भोग्नु परेको पीडाबाट मुक्त गराउन र सर्वसाधारण नागरिकलाई सहज स्वास्थ्य उपचारका लागि नगरपालिकाको पहलमा बिशषेज्ञ सेवा सञ्चालन गरिएको बुढीन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहराले बताएका छन् । 

जिल्ला अस्पताल बाजुरामा समेत सेवा नभएको बेला कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट बिशषेज्ञ सहितको स्वास्थ्य सेवा सञ्चालन गरिएको हो । सेवा सञ्चालनसँगै बुढीनन्दा नगरपालिका सहीत हिमाली, स्वामिकार्तिक खापर र जगन्नाथ गाउँ पालिका सहीत छिमेकी जिल्ला हुम्ला, मुगु र कालिकोटका जनताले समेत सेवा पाउने छन् ।

 एमडीजीपी डाक्टर रञ्जीत शाहको टोलीले सेवा दिने नगर प्रमुख जनक कुमार बोहराले बताएका छन् । दुर्गम जिल्लाका अस्पतालमै चिकित्सक छैनन् । भएका पनि नियमित बस्दैनन् र सेवा निरन्तर सुचारु हुने अवस्था छैन् । तर प्राथमिक स्वास्थ्य केन्द्रमा बिशषेज्ञ सेवा सञ्चालन पछि स्थानीय खुसी भएका छन् । 

सेवा सञ्चालन नहुँदा आर्थिक अवस्थाका कमजोर भएका अति गरिब, विपन्न तथा दलित समुदायलाई नै बढी समस्या थियो । उपचार सेवाका लागि सुविधासम्पन्न अस्पतालमा जाने आर्थिक हैसियत छैन्, आफ्नै जिल्लामा उपचारका लागि योग्य चिकित्सक र सुविधाजनक  उपचार सेवा पाईदैन् । रोग पाली बस्नु पर्ने र समस्या आउँदा पनि जोखिम मोलेर जीवन बाजि थाप्नु पर्ने बाहेक अर्को विकल्प थिएन्, अब सहज भएकोमा स्थानीय खुसी देखिएका छन्, ।

जिल्ला अस्पताल बाहेकका दुर्गमका स्वास्थ्य संस्थामा पहिलो पटक आकस्मीक प्रसुती सेवा सञ्चालन गरेको हप्तादिन पछि नै बिशषेज्ञ सेजा सञ्चालन गरिएको हो । नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर स्वास्थ्य क्षेत्रकै गुणस्तरीय सुधार नगरपालिकाले पहिलो प्राथमिकतामा राखेको छ । 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लासँगको सहकार्यमा आकस्मीक प्रसती सेवा प्रवाह सुचारु गरेको पालिकाले आफ्नै पहलमा बिशषेज्ञ सेवा सुरु गरेको छ । स्त्रीरोग विशेषज्ञ डा. सोनाम गुरुङ, स्टाफ नर्स भगवती रावल लगायतको टोलीले पहिलो सफल शल्यक्रिया मार्फत प्रसुती सेवा नियमित दिइरहेका छन् ।

सामाजिक सञ्जाल मार्फत बोहराले बुढीनन्दा नगरपालिकाको नेतृत्व गरेर पदबहालीकै दिन बाटै शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकता राखेर काम गरियो, सुत्केरी हुन नसकेर मर्नुपर्ने, बाटोमै बच्चा जन्माउनुपर्ने, उपचार हुन नसकेर महंगो जहाज चडेर नेपालगंज, धनगढीमा उपचार गर्नुपर्ने बाध्यतालाई हटाउँन पाउँदा खुसी लागेको र बिशषेज्ञ सेवाले थप सफलता मिलेको बताएका छन् ।  

कोल्टी क्षेत्रको प्रमुख समस्या नै गरिबी होे । सबैले उपचारका लागि आर्थिक खर्च व्यवस्थापन गर्न सक्ने अवस्था नै छैन्, जुनकाम नगरपालिकाको पहलमा भइरहेको छ, त्यसले नागरिक सेवामा ठुलो अर्थ राख्ने प्राथमिक स्वास्थ्य केन्द्रका मेडिकल अफिसर डा.चेत धामीले बताएका छन् । 

 उसोत स्थानीयका लागि जिल्ला बाहिर उपचार सेवाका लागि जान हवाइ सुविधा बाहेक अर्को छैन् । भाडा खर्चका हिसाबमा हवाई सुविधा सबै नागरिकका लागि सहज र सुविधाजनक असंभव जस्तै छ । 

कर्णाली करिडोर पनि सहज हुन बाँकी छ । जिल्ला अस्पताल बाजुरा पुग्न कच्ची सडक सञ्जालले थप समस्या छ । सडक खुलेको सयम पनि जीप रिर्जवको भाडा मात्रै १५ देखि २० हजार तिर्नु पर्ने बाध्यता छ । जो हैसियत त्यस क्षेत्रका सबै नागरिकसँग छैन् ।  

दुर्गम क्षेत्रमा पनि यतिसम्मको आँट गरेर सेवा प्रवाह गर्ने कार्यप्रति स्थानीय खुसी देखिएका छन् । शिविर बाहेक चिकित्सकबाट उपचार सेवा नपाएका स्थानीयका लागि ज्यान सुरक्षामा ठूलो सहयोग मिलेको अवस्था छ । 

May be an image of 14 people, people standing and outdoors



सोमबार ११, पुष २०७९ ०७:५१ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.