धाँधलीले चुनाव हारेपनि, जनमत जितेका छौं : कर्ण थापा

नजिक न्युज संवाददाता    

धाँधलीले चुनाव हारेपनि, जनमत जितेका छौं : कर्ण थापा

बाजुरा : नेकपा एमालेका नेताहरुले बाजुरामा जनमत कम भएर नहारेको बताएका छन् । जितका लागि प्रर्याप्त जनमत हुँदा हुँदैपनि धाँधली, सत्ता शक्तिको दुरुपयोग र रक्तपात मच्याएर मात्र प्राविधिक हार बेहोर्नु परेको दाबी गरेका छन् । 

केपी बा स्पोर्टस क्लब बाजुराको संयोजनमा आयोजित युवा भेटघाट तथा वनभोज कार्यक्रममा नेकपा एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले बुथ कब्जा गरेर बढाएका मतहरुकै कारण एमालेले हार्नु परेको बताएका छन् । हामीसँग हाम्रो जनमत घटेको छैन्, स्थानीय तहको भन्दा राम्रो भएको छ, तर धाँधली र षड्यन्त्र सहीत गरिएको बुथ कब्जाका कारण हार बेहोर्नु परेको हो, प्रतिनिधी सभा उम्मेदवार समेत रहेका थापाले भन्नु भयो । 

No description available.शान्तिपूर्ण र निष्पक्ष चुनावको पक्षमा लाग्दा काँग्रेसले त्यसैको फाइदा उठायो, बुथ कब्जा गर्यो, राज्य शक्तिको दुरुपयोग गर्यो र चुनाव जित्नकै लागि मान्छे मार्न तयार भयो, त्यो नै नेकपा एमालेको हारको प्रमुख कारण रहेको बताएका छन् । उहाँले रगतको टिका लगाएर जित्नु राजनीतिक इतिहासमै कलंकको टिका पहिरहनु भएको बताएका छन् । 

उहाँले नेपाली काँग्रेससँग बाजुरामा २० देखि २२ हजार मत छ । मरेर, जिल्ला बाहिर बसेका, घरमा नभएका, विदेश बसेका सबैको नाममा फर्जि मत हालेर १० हजार बढी मत धाँधली सहीत ल्याएको आरोप लगाएका छन् । उहाँले गौमुल र जनन्नाथ गाउँपालिकाले स्थानीय तहको भन्दा मत बढाएर ल्याएकोमा स्थानीय नेतृत्वलाई धन्यवाद दिएका छन् ।

बुढीगंगा, बडीमालिकाले आफ्नो मत सुरक्षित गर्न सफल भएको र बुढीनन्दा नगरपालिकामा आफ्नै मत सुरक्षित गर्नुको साँटो, पालिकाबाटै हार्नु दुखत विषय भएको बताएका छन् ।

हिमाली, त्रिवेणी, स्वामिकात्र्तिक र खप्तड छेडेदहमा काँग्रेसले धाँधली र बुथ कब्जा गरेरै एमालेलाई हराउन सफल भएको बताएका छन् । उहाँले छेडेदह, फालासैन र घटमुनाका चुनाव केन्द्रीत समीक्षा भेला तथा धन्यवाद कार्यक्रम गर्ने र लगत्तै पार्टी समीक्षा गरेर थप बलियो संगठन बनाउने गरि लाग्ने बताएका छन् । उहाँले हार जित प्राविधिक विषय भएकोले बाजुरामा जनमतमा एमाले कुनै समय पनि कमजोर नहुने बताएका छन् ।

नेकपा एमाले केन्द्रीय सदस्य लालबहादुर थापाले चुनाव हारको चिन्तामा आफूहरु नरहेको बताएका छन् । उम्मेदवार बनेका कर्णबहादुर थापा र म स्वयम खुसी छौं, किनकी हामीले जनमत हारेका छैनौ र जनताको विश्वासको मत हामीलाई नै आएको छ । धाँधली र मान्छेको ज्यान लिएर जितेको चुनावको कुनै अर्थ नरहेको बताएका छन् ।

प्रदेश सभा (क) का उम्मेदवार समेत रहेका थापाले मतदाना र एमाले आस्थावाना नेता कार्यकर्तालाई सान्त्वना दिन र हारको कारण बारे बताउन एमालेले प्रत्येक टोल र बस्तीमा पुगेर जनतासँग भेटघाट गर्ने बताएका छन् । थापाले अब एमालेलाई थप शसक्त र परिमार्जित शैलीमा अघि बढाउन जरुरी रहेकोले त्यमा नेतृत्व केन्द्रीत हुने बताएका छन् ।

बडीमालिका ९ को सुन्दर पर्यटकीय क्षेत्र कफल्टामा आयोजित वनभोज तथा युवा भेलामा नेकपा एमाले केन्द्रीय सदस्य प्रकाश शाहले प्राविधिक रुपमा भएको हारलाई निराशा भन्दा पनि थप उत्साहीत र सिकाइका रुपमा लिनु पर्ने बताएका छन् । 

उहाँले बाजुरामा एमाले माथि कसैले शासन गर्ने र एमालेका नेताहरुसँग प्रतिस्पर्धा गर्ने अवस्था नै छैन्, त्यसको ग्यारेन्टी हुने गरी संगठन बलियो बनाउनुमा आफूहरु प्रतिवद्ध हुने बताएका छन् । पार्टी सचिव भरत थापाले सहजिकरण गरेको कार्यक्रममा नेताहरु बसुन्धरा रोकाया, लालबहादुर ओली, हरि रोकाया, काशी विक, अमर खड्का, सिता थापा सहीतको सहभागिता रहेको थियो । 



सोमबार १९, मङि्सर २०७९ ०८:१७ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.