बाजुरामा २८ हजार समानुपातिक मत गणना गर्दा समाजवादीलाई १४२ मत, एमालेको अग्रता

नजिक न्युज संवाददाता    

बाजुरामा २८ हजार समानुपातिक मत गणना गर्दा समाजवादीलाई १४२ मत, एमालेको अग्रता

बाजुरा : बाजुरामा समानुपातिक मत गणना कार्य जारी रहेको छ । अहिलेसम्म प्रतिनिधी सभामा २८२८२ मत गणना भइसकेको छ । त्यसमा २७६२४ सदर र बदर ६५८ मत बदर भएको निर्वाचन अधिकारी नवराव अवस्थीले बताएका छन् । 

कुल सदर मतमा नेकपा एमाले अगाडि देखिएको छ । हालसम्म नेकपा एमालेले १३५१४ मत ल्याएको छ । भने नेपाली काँग्रेसले १२७८१ मत ल्याएको छ । नेकपा माओवादीले ९६१ मत पाउँदा नेकपा एकीकृत समाजवादीले १४२ मत मात्रै पाएको छ । 

प्रदेश सभा तर्फ नेपाली काँग्रेसले ११३९८ र नेकपा एमालेले ७०२० मत पाएका छन् । भोलिसम्म सबै मत गणना गरि सक्ने तयारी मुख्य निर्वाचन अधिकृतको कार्यालयले गरेको छ । चार स्थानमा गणना भइरहेको बुझीएको छ । बाजुरामा ६० हजार बढी मत खसेको छ । 

 



सोमबार १९, मङि्सर २०७९ ०७:५८ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.