बाजुरा प्रदेश निर्वाचन क्षेत्र (ख) मा काँग्रेसका पदम बहादुर शाही विजयी

नजिक न्युज संवाददाता    

बाजुरा प्रदेश निर्वाचन क्षेत्र (ख) मा काँग्रेसका पदम बहादुर शाही विजयी

बाजुरा : बाजुरा जिल्ला प्रदेश निर्वाचन क्षेत्र (क) मा नेपाली काँग्रेसका पदम बहादुर शाही विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवार लालबहादुर थापालाई २५९८ मत अन्तरले पराजित गर्दै शाही विजयी भएका हुन् । 

शाहीले २०११९ मत ल्याएर विजयी भएका हुन् । भने थापाले १७५२१ मत ल्याएका छन् । प्रदेश (ख) बाटै स्वतन्त्र उम्मेदवार जनक बहादुर रावलले १५५ र राप्रपाका हिमाल बहादुर शाहीले १२२ मत प्राप्त गरेका छन् । मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले जित घोषणा गरेका हुन् । 

शाहीले आफ्नै गृह पालिका खप्तड छेडेदह गाउँपालिका र त्रिवेणी नगरपालिकाबाट भारी मत अन्तरले अग्रता कायम गरेका थिए । शाही गठबन्धनका तर्फबाट उम्मेदवार बनेका थिए । शाही नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश समिति सदस्य सहीत संगठन विभाग प्रमुख पनि हुन् ।

शाहीलाई गठबन्धनका तर्फबाट नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रले समर्थन गरेका थिए । २०७४ सालको निर्वाचनमा पराजित शाही २०७९ मा जित निकाल्न सफल भएका हुन् ।

२०७४ को प्रदेश सभामा शाहीले नेकपा एमालेका उम्मेदवार प्रकाश बहादुर शाहसँग ३ हजार बढी मत अन्तरले पारजित भएका थिए । नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका शाही नेपाली काँग्रेस बाजुराको सभापतिको उम्मेदवार बनेर पराजित भएका थिए । 

२०७० सालमा नेपाली काँग्रेस छोडेर नेकपा माओवादी केन्द्र प्रवेश गरेका शाही पुन नेपाली काँग्रेसमा फर्किएका थिए । काँग्रेस फर्किनु पूर्व प्रदेश सभाको टिकट दिन ग्यारेन्टी समेत गरिएको थियो । शाही नेपाली काँग्रेसमा स्थापित नेताको रुपमा परिचित छन् । 



आइतबार १८, मङि्सर २०७९ ०८:२७ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.