बाजुरा : बाजुरामा मत गणना जारी छ । अहिलेसम्म सत्ता गठबन्धनका उम्मेदवारले प्रतिनिधिसभा र प्रदेशसभा दुबैमा अग्रता बनाइरहेका छन् । प्रतिनिधिसभामा कांग्रेसका बद्री पाण्डे हालसम्म ३ हजार ७७८ मतले अघि छन् ।
पाण्डेले २६हजार ९८६ मत पाउँदा एमालेका कर्ण थापाले २३ हजार २०८ मत पाएका छन् । प्रदेशसभा २ मा कांग्रेसका पदम बहादुर शाहीको जित निश्चित भइसकेको छ । गणना हुन बाँकी मत भन्दा बढीले कांग्रेसका शाहीले एमालेका उम्मेदवार लाला बहादुर थापालाई पछि पारेका छन् ।
शाहीले १९०३७ मत पाउँदा थापाको १६१४५ मत छ । यी दुई बीचको मतान्तर २हजार ८९२ छ । यहाँ अब गणना हुन बाँकी मत २ हजार ८४२ मत मात्रै छ । दुबै जना जित नजिक पुगेका छन् ।
एमालेको पकड क्षेत्रमा नै राम्रो मत नआएको र काँग्रेसले आफ्नो क्षेत्रमा राम्रो मत ल्याएको देखिएको छ । जुन अवस्था हेर्दा संघ र प्रदेश दुबैमा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवारको जित सुनिश्चित भएको छ ।
यस अघि हिजो आएको अन्तिम परिणाम पनि प्रदेश १ मा सत्ता गठबन्धनकै उम्मेदवार विजयी भएका थिए । यहाँ एमाले उम्मेदवार बलदेव रेग्मीलाई हराउँदै नेकपा एकीकृत समाजवादीका नरेश शाही विजयी भएका हुन् ।
प्रतिकृया दिनुहोस