बाजुरा प्रदेश निर्वाचन क्षेत्र (क) मा समाजवादीका नरेश शाही विजयी

नजिक न्युज संवाददाता    

बाजुरा प्रदेश निर्वाचन क्षेत्र (क) मा समाजवादीका नरेश शाही विजयी

बाजुरा :  बाजुरा जिल्ला प्रदेश निर्वाचन क्षेत्र (क) मा नेकपा एकीकृत समाजवादीका नरेश शाही विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवार बल्देव रेग्मीलाई २३४१ मत अन्तरले पराजित गर्दै शाही विजयी भएका हुन् । 

शाहीले १०९७३ मत ल्याएर विजयी भएका हुन् । भने बल्देव रेग्मी ८६३२ मत ल्याएका छन् । नेकपा माओवादी केन्द्रका कर्णबहादुर विक केशव १०९८ मत ल्याएका छन् । समाजवादीका केन्द्रीय सदस्य रहेका शाहीले गठबन्धनमा विद्रोह गर्दै उम्मेदवारी दर्ता गराएका थिए ।

सुरुमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरु सामुहीक उम्मेदवारी दर्ताका लागि गएपछि साँझ समाजवादीका तर्फबाट नरेश कुमार शाहीले पनि उम्मेदवारी दर्ता गराएका थिए । गठबन्धनबाट माओवादी र समाजवादीको उम्मेदवारी परेपछि लामो समय विवादीत बनेको थियो ।

गठबन्धनका शिर्ष नेतृत्वबाट आधिकारीक निर्णय नआएपछि अन्तिममा नेपाली काँग्रेसले समाजवादीका उम्मेदवारी नरेश कुमार शाहीलाई समर्थन गरेको थियो । माओवादीका नेता कर्णबहादुर विक केशवलाई गठबन्धन भन्दा बाहिर राखिएको थियो । काँग्रेस र समाजवादी बीचको चुनावी तालमेलबाट शाहीले जित हात पारेका हुन् । 

अनेरास्ववियुबाट राजनीति सुरु गरेका शाहीले नेकपा एमाले विभाजन पछि नेकपा एकीकृत समाजवादी रोजेका थिए । समाजवादी निकट युवा संघको केन्द्रीय अध्यक्ष समेत रहेका शाहीले विद्रोहबाटै टिकट ल्याए, र जित हासिल गरेर राजनीति स्थापित गरेका छन् ।

नेपाली काँग्रेसमा माओवादी समर्थन गर्ने की, समाजवादी भन्नेमा अन्योल भइरहँदा काँग्रेस नेता जनक कुमार गिरीले नरेश शाहीलाई समर्थन गर्नु पर्ने अडान लिएका थिए । गिरीकै अडान नेपाली काँग्रेसले समाजवादीका उम्मेदवारलाई समर्थन गर्न पुगेको थियो । अन्तिममा आएर शाहीले काँग्रेससँगको सहकार्यमा चुनाव जितेका छन् ।

गठबन्धनबाट उम्मेदवार भनिएका कर्णबहादुर विक केशव एक्लै उम्मेदवार बनेर चुनाव लडmे भने शाहीले काँग्रेसको बलियो साथ पाए । शाहीले आफ्नो गृह पालिका स्वामिकात्र्तिक खापर गाउँपालिका र हिमाली गाउँपालिकाबाट अन्याधिक मत पाएका छन् । नेकपा एमालेले ती दुबै पालिकाका आधा दर्जन भन्दाबढी बुथ गठबन्धनले कब्जा गरेको आरोप लगाउँदै आएको थियो । 

निवर्तमान प्रदेश सभा सदस्य समेत रहेका रेग्मीलाई आफ्नै पालिकाबाट समेत अपेक्षा गरिएको मत आएन् । माओवादीका उम्मेदवार विकले पनि झिनो मत मात्रै काटे । जस्को फाइदा नरेश शाहीलाई पुगेको छ । शाहीले निवर्तमान सांसद र पूर्व राज्य मन्त्रीलाईलाई पराजित गरेका हुन् । 

मानव संसाधन केन्द्र एचआरसी बाजुराको संस्थापक भएर काम गरेका शाहीले विद्यार्थी राजनीतिमा समेत लामो समय बिताएका थिए । पछि युवा संघको राजनीतिमा स्थापित भएका शाहीले सानै उमेरमा सांसद हुने अवसर पाएका छन् । युवाले रुचाएका शाहीको जितलाई समाजवादीले युवा र कोल्टी क्षेत्रको जितका रुपमा लिएको छ । 



शनिबार १७, मङि्सर २०७९ ०७:२२ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.