बाजुरा : बाजुराका तीन वटै क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । प्रतिनिधी सभा र दुबै प्रदेश सभामा गठबन्धनकै उम्मेदवारले अग्रता लिएका हुन् । प्रतिनिधी सभामा नेकपा एमालेका उम्मेदवार कर्णबहादुर थापालाई गठबन्धनका उम्मेदवार काँग्रेस सहमहामन्त्री बद्री पाण्डेले सुरुवादी देखि नै अग्रता लिएका छन् ।
यस्तै प्रदेश निर्वाचन क्षेत्र (क)मा नेकपा एमालेका उम्मेदवार बल्देव रेग्मीलाई नेकपा एकीकृत समाजवादीबाट उम्मेदवार बनेका नरेश शाहीले सुरुवादी देखि नै अग्रता कायम गरेका छन् । प्रदेश निर्वाचन क्षेत्र (ख) मा नेकपा एमालेका उम्मेदवार लालबहादुर थापाले सुरुवादी अग्रता लिएपनि साँझबाट गबठन्धनका उम्मेदवार काँग्रेस नेता पदम शाहीले अग्रता बढाएका छन् ।
प्रतिनिधी सभा तर्फ बडीमालिका नगरपालिका र हिमाली गाउँपालिकाको मत गणना सकिएको छ । भने प्रदेश निर्वाचन क्षेत्र (क) मा स्वामिकात्र्तिक खापर गाउँपालिका र बुढीनन्दा नगरपालिका १, २, ३ र ४ को गणना सकिएको छ । गठबन्धनका तर्फबाट उम्मेदवार बनेका पाण्डेको हिमाली गृह पालिका हो । भने शाहीको स्वामिकात्र्तिक खापर गाउँपालिका गृह पालिका हो । रेग्मीको गृह पालिका बुढीनन्दामा मत गणना जारी रहेको छ ।
यता प्रदेश निर्वाचन क्षेत्र (ख) मा त्रिवेणी नगरपालिका २, ३, ५ र ७, बुढीगंगा नगरपालिका १, २ र ३ को मतगणना सकिएको हो । बुढीगंगा नगरपालिका प्रदेश सभा उम्मेदवार लालबहादुर थापाको गृह पालिका हो । तीनै जनाले अग्रता लिएपनि गठबन्धनका नेता कार्यकर्ता हैसिएका छन् ।
प्रदेश निर्वाचन क्षेत्र (क) मा स्वामिकार्तिक गाउँपालिका र बुढीनन्दा १,२ ,३ ,४, ५ र ६ वडाको मत गणना सकिँदा नरेश कुमार शाही ४४८१ र बलदेब रेग्मीले ३७४९ मत प्राप्त गरेका छन् । यस्तै माओवादीका उम्मेदवार कर्ण बिकले ४५० मत प्राप्त गरेका छन् । शाही र रेग्मी बीच ७३२ मतान्तर देखिएको छ ।
यस्तै हिमाली र बडीमालिका पुरै र त्रिवेणी नगरपालिका १ को मतगणना गर्दा गठबन्धनका उम्मेदवार बद्री पाण्डे ७०३६ र नेकपा एमालेका कर्णबहादुर थापाले ४५९० मत प्राप्त गरेका छन् । थापा र पाण्डे बीच २४४६ अन्तर देखिएको छ ।
प्रदेश निर्वाचन क्षेत्र (ख) मा अहिलेसम्म बुढीगंगा १, २ र ३ त्रिवेणी २, ३, ५ र ६ गणना हुँदा सम्म पदम शाही ३९६४ र लालबहादुर थापाले ३८७४ मत प्राप्त गरेका छन् । राप्रपाका हिमाल शाहीले ५४ र स्वतन्त्र जनक बहादुर रावलले ४ मत ल्याएका छन् । थापा र शाही बीच ९० मतको अन्तर देखिएको छ ।
प्रतिकृया दिनुहोस