हिमाली ६ मा मुचुल्का गरिएको भन्दा ४० भोट बढी भेटिँदा बाजुराको मतगणना रोकियो

नजिक न्युज संवाददाता    

हिमाली ६ मा मुचुल्का गरिएको भन्दा ४० भोट बढी भेटिँदा बाजुराको मतगणना रोकियो

बाजुरा : मतपेटीका शिल गर्दा मुचुल्का गरिएको भन्दा बढी भोट देखिएपछि बाजुराको मतगणना रोकिएको छ । हिमाली गाउँपालिका ६ धिम मतदान केन्द्रको मतपेटीकामा मुचुल्का गरिएको भन्दा ४० भोट बढी भेटिएपछि मतगणना रोकिएको हो ।

षड्यन्त्रपूर्वक तरिकाले मतपेटीका भित्र मत राखिएको आशंका देखिएकोले मतगणना रोकिएको नेकपा एमालेले बताएको छ । प्रतिनिधी सभाको मतगणना गर्दा मतदान अधिकृतले मुचुल्का गरेको भन्दा ४० मत बढी गणनामा देखिएका छन् ।

हिमाली गाउँपालिका ६ मा (क) र (ख) गरि कुल मतदाता १७२६ मतदाता रहेका छन् । ती मध्ये मुचुल्कामा १४५० मत खसेको उल्लेख गरिएको छ । गणना स्थलमा भने ४० भोट भेटिएको छ । हिमाली गाउँपालिका नेपाली काँग्रेसका उम्मेदवार बद्री पाण्डेको गृह पालिका हो । 

नेकपा एमालेले १६ बुथ कब्जा गरिएका भनिएका मध्ये हिमाली ६ पनि हो । जहाँ उम्मेदवार पाण्डे नेतृत्वको टोली आएर बुथ कब्जा गरिएको र मतदान गर्ने समय सकिएपछि कोठामा लिएर ६ सय बढी मत खसाइएको आरोप नेकपा एमालेले लगाउँदै आएको छ । हिमाली ६ स्थानीय तह निर्वाचनमा नेकपा एमालेले जितेको वडा हो । 

मतदान अधिकृत लगायतका कर्मचारी, सुरक्षा निकाय सबैलाई प्रभावमा राखेर एकलौटी कब्जा शैलीमा मतदान गरेपछि शिलबन्दी गर्दा संख्या एकीन नभएको हुन सक्ने आरोप एमालेको छ । बद्मासी गरिएको कुरा प्रष्ट खुलिसकेकोले मतगणना छानवीन पछि मात्रै सुरु गरिनु पर्ने नेकपा एमालेका उम्मेदवार कर्णबहादुर थापाले बताएका छन् ।

अहिले प्रतिनिधी सभाको मतगणना स्थगीत छ । हालसम्म बडीमालिका नगरपालिका १ को (क) बुथ बाहेक सबै वडाको मतगणना भइसकेको छ । भने हिमाली गाउँपालिका ५ र ७ बाहेकको मत गणना गरिएको छ । ती मध्ये हिमाली ६ को मत गणनाका विवाद देखिएको छ । 

हालसम्मको नजिता हेर्दा बद्री पाण्डेले ५३९९ मत ल्याएका छन् । भने कर्ण बहादुर थापाले ४१३० मत ल्याएका छन् । पाण्डेले १२६९ मतको अग्रता छ । हिमाली काँग्रेस र बडीमालिका नेकपा एमालेले जितेको पालिका हो । 



शुक्रबार १६, मङि्सर २०७९ ०९:११ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.