बाजुराको बुढीनन्दा नगरपालिका ५ मा पुन मतदान, ५९६ मत खसे

नजिक न्युज संवाददाता    

बाजुराको बुढीनन्दा नगरपालिका ५ मा पुन मतदान, ५९६ मत खसे
बुढीनन्दा ५ को नन्देश्वरी माविको मतदान केन्द्रमा पुन मतदान हुदै ।

बाजुरा : बुढीनन्दा नगरपालिका ५ मा भएको मतदानमा ५९६ मत खसेका छन् । कुल ९९९ मतदाता रहेकोमा ५९६ जनाले मतदान गरेका हुन् । मंसिर ४ गते दुई पक्ष बीच सुरुमै विवाद भएपछि चुनाव स्थगीत गरिएको थियो ।

निर्वाचन आयोगले चुनाव स्थगीत पछि मंसिर १० गते लागि पुन मतदानको मिति तोकेको थियो । ९ सय ९९ जना मतदाता रहेको मतदान केन्द्रमा ५९६ जनाले मतदान गरेको जिल्ला समन्वय अधिकारी समेत रहेका मतदान अधिकृत किरन विकले बताएका छन् ।

मंसिर ४ गते सुरुमै विवाद भएपनि पुन मतदान शान्तपूर्वक सम्पन्न भएको छ । विहान देखि नै मतदाता लाइनमा बसेर शान्तिपूर्ण वातावरणमा मतदान गरेका हुन् । कडा सुरक्षाका बीच गरिएको पुन मतदान गरिएको केन्द्रको मतपेटीका रातीसम्म मार्तडी पुर्याउने निर्वाचन कार्यालयले तयारी गरेको छ ।

बुथ कब्जा गरिएको आरोप सहीत जिल्लामा नेपाली काँग्रेस र नेकपा एमालेले उजुरी गरेपछि बाजुराको मतगणना अन्योल बनेको छ । पुन मतदान तोकीएको वडाको मतदान सकिएपनि मतगणना कहिले हुनेमा एकीन नभएको निर्वाचन अधिकारी नवराज अवस्थीले बताएका छन् । दलहरुले दिएको उजुरी माथि छानवीन भइरहेकोले अहिले नै भन्न नसकिने अधिकारी अवस्थीको भनाई छ ।

 



शनिबार १०, मङि्सर २०७९ ०४:४८ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.