बाजुरा काँग्रेसले भन्यो–मत गणना गर्ने वा पुन मतदान आयोगको निर्णय मान्छौं

नजिक न्युज संवाददाता    

बाजुरा काँग्रेसले भन्यो–मत गणना गर्ने वा पुन मतदान आयोगको निर्णय मान्छौं

बाजुरा : नेपाली काँग्रेस बाजुराले निर्वाचन आयोगको निर्णयलाई सर्वोपरि स्वीकार गर्ने बताएको छ । चुनाव शान्तपूर्ण वातावरणमा सम्पन्न नहुनु दुखत विषय भएपनि मत गणना गर्ने वा पुन मतदानका लागि मिति तोक्ने त्यसको सम्पूर्ण अधिकार निर्वाचन आयोगलाई नै भएकोले जुनसुकै निर्णय पनि मान्ने तयार रहेको काँग्रेसले बताएको छ । 

नेपाली काँग्रेस बाजुराले पत्रकार सम्मेलन मार्फत नेकपा एमालेका कारण चुनाव धाँधली पूर्ण सकिएको आरोप लगाएको छ । नेकपा एमालेले ८ वटा स्थानमा पूर्ण रुपमा बुथ कब्जा लिएर मतदान गराएकोले पुन मतदानका लागि निवेदन दिइसकेको नेपाली काँग्रेस बाजुराका सभापति रामसिंह रावलले बताएका छन् ।

कम्तीमा तीन दर्जन बढी कार्यकर्ता घाइते भएको र निर्वाचनलाई प्रभावमा राख्न प्रहरीसँग सहकार्य गरेको समेत काँग्रेसले आरोप लगाएको छ । पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको प्रेस विज्ञप्ती मार्फत काँग्रेसले त्रिवेणी नगरपालिका ७ को बुथमा प्रहरी निरीक्षक ईश्वर थापाले एमालेसँग मिलेर सन्जीव अयडी माथि गोली चलाएको उल्लेख गरेको छ ।

परिस्थितिलाई सहज पार्नुको साँटो उल्टै सामान्य अवस्थामा पनि ताकेरै गोली चलाएर हत्या गरिएको घटनालाई उच्च स्तरीय समिति मार्फत छानवीन गरिनु पर्ने बताएको छ । अनेरास्ववियुका नेता चेतन अयडीको मृत्यु प्रति काँग्रेस स्तब्ध बनेको बताएको छ ।

चेतन अयडीको हत्या हो, भन्ने पत्रकारको प्रश्नमा भने नेपाली काँग्रेसका सहमहामन्त्री एवं प्रतिनिधी सभा उम्मेदवार बद्री पाण्डेले छानवीनले बताउने प्रतिक्रिया दिएका छन् । आफन्तले भने २२ जना स्थानीय काँग्रेस कार्यकर्ताले कुटिकुटी मारेको आरोप सहीत किटानी जाहेरी दिएका छन् ।

शान्तपूर्वक निर्वाचन होस् भन्ने पक्षमा काँग्रेस थियो, एमालेले सुरुवाद गरेपछि केही विवादीत बनेको हो, २ जनाको मृत्यु नै हुने गरि चुनाव हुँदा जिल्लाको बदनाम भयो, यस्लाई सच्याउन सकिदैन्, सुधार गरेर जानु पर्ने धारणा पाण्डेले राखेका छन् ।

नेकपा एमालेले १७ केन्द्रमा पुन मतदानको माग गरेर उजुरी गरेको प्रति कटाक्ष गर्दै पाण्डेले निर्वाचन आयोग सर्वोपरि छ, उसको निर्णय सबैले मान्ने पर्छ, कुन दलले मान्ने कुन दलले नमान्ने भन्ने हुदैन भन्नु भयो । उहाँले १० गते बुढीनन्दा नगरपालिका ५ को मतदान सकिएपछि ११ गतेबाट मत गणना हुनु पर्ने बताएका छन् ।

नेकपा एमालेसँग संवाद र सहकार्यका लागि पहल जारी रहेपछि संवादका लागि सकारात्मक प्रतिक्रिया नआएको पाण्डेले पत्रकार सम्मेलनमा बताएका छन् । नेकपा एमाले स्थायी कमिटी सदस्य र म मेरो पार्टी सहमहामन्त्री आफै शिर्ष तहको नेताहरु बीचको समझदारी भएर अरु सिनियर नेताहरु राखेर हालको अवस्थालाई सुधार गरेर लैजानु पर्ने धारणा राखेका छन् ।

नेपाली काँग्रेसले बुढीगंगा १, २, ३ र ९, गौमुल गाउँपालिका १ र २, बुढीनन्दा नगरपालिका ४ मा पुन मतदानको माग गरेको छ । बुढीनन्दा १० मा समेत धाँधली भएको र दुई दर्जन बढी कार्यकर्ता घाईत बनाएको काँग्रेसले बताएको छ । केही काँग्रेस नेता कार्यकर्ताको जिल्लामा उपचार हुन नसकेपछि नेपालजञ्ज पठाएको जानकारी गराएको छ ।

काँग्रेसले सबै कुरा संवाद र सहकार्यबाट नै सहमति हुने भएकोले त्यसका लागि नेकपा एमाले तयार हुनु पर्ने बताएको छ । बाजुराले राजनीतिक आचरण देखाउन सकेन भन्ने सन्देश दिएको छ, फेरि पुरानै अवस्थामा फर्किएर जाने कुराले झन अवस्था सहज बन्दैन्, त्यसका लागि पनि दुबै दल जिम्मेवार र संयमित हुनु पर्ने काँग्रेस नेताहरुले बताएका छन् । नेकपा एमालेले भने १७ वटा केन्द्रको मतगणना गरिनु पर्ने माग गरेको छ । 

पार्टी सभापति रामसिंह रावलले सञ्चालन गरेको पत्रकार सम्मेलनमा विज्ञप्ती वाचन सहसचिव सुरेन्द्र सिंहले गरेका थिए । भने प्रदेश सभा (ख) का उम्मेदवार पदम शाही, पूर्व सभापति कविराज पण्डित, प्रदेश समानुपातिक उम्मेदवार जुना दानी सहीत सहभागि थिए ।



बुधबार ०७, मङि्सर २०७९ ०६:२४ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.