एमाले गौमुल गाउँपालिका २ नम्बर वडा कमिटीको अगुवा कार्यकर्ता भेला

नजिक न्युज संवाददाता    

एमाले गौमुल गाउँपालिका २ नम्बर वडा कमिटीको अगुवा कार्यकर्ता भेला

बाजुरा : नेकपा एमाले गौमुल गाउँपालिका २ नम्बर वडा कमिटीले अगुवा कार्यकर्ता भेलाको आयोजना गरिएको छ । वडा कमिटीको आयोजनामा आज वडा कार्यालयको केन्द्र तल्लोदुगुनमा आगामीक मङ्सिर ४ गते हुने चुनाव केन्द्रीत अगुवा कार्यकर्ता भेला गरिएको हो । 

चुनावतिर कार्यकर्ताहरुलाई केन्द्रीत गर्न कमिटीले अगुवा कार्यकर्ता भेला गरिएको वडा कमिटी अध्यक्ष गणेश बहादुर बोहराले बताएका छन् । जिल्ला कमिटी, गाउँ कमिटीका नेताहरु सहीतको उपस्थितिमा चुनावी रणनीति तयार पारिएको उहाँले बताए ।

एमाले गौमुल गाउँ कमिटी अध्यक्ष देवबहादुर रोकायको उपस्थितिमा युवा जनशक्ति परिचालनदेखि रण्नीतिका साथ प्रचार प्रसारलाई तीब्र गतिमा लैजाने निर्णय भएको छ । 

विपक्ष दलहरुका भ्रामक आश्वासनलाई चिर्ने गरी जनतालाई मताधिकार प्रयोग गर्न लगाउन अध्यक्ष रोकायाले नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ । भेलामा चुनावी प्रचार प्रसारमा रणनीतिक ढंगले व्यापक रुपमा लाग्न पनि रोकायाले निर्देशन दिनुभएको छ । 

नेकपा एमाले गौमुल गाउँपालिका २ नम्बर वडा कमिटीका अध्यक्ष गणेश बहादुर बोहराको अध्यक्षतामा सञ्चालन भएको अगुवा कार्यकर्ता भेलामा गाउँ कमिटी, वडा कमिटी, टोल कमिटी लगायत थुप्रै नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । 



आइतबार २७, कार्तिक २०७९ ०५:४१ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.