स्वतन्त्र उम्मेदवार रावल चुनाव चिन्ह धारो हातमा लिएर भोट माग्न गाउँमा

नजिक न्युज संवाददाता    

स्वतन्त्र उम्मेदवार रावल चुनाव चिन्ह धारो हातमा लिएर भोट माग्न गाउँमा

बाजुरा : चुनाव आउन ७ दिन बाकी रहँदा दलहरुले चुनाव प्रचार प्रसारलाई तीब्र बनाएका छन् । प्रत्येक दलका उम्मेदवारहरु आ–आफ्ना एजेण्डा सहीत जनताको घरदैलोमा पुगि रहेका छन् । जनतासंग भोट माग्ने र जनजिविका परिवर्तन गर्ने आश्वास बाडिरहेका छन् । समस्याहरु संकलन गरी तीनीहरुको सामाधान गर्ने बचन समेत दिने गरेका छन् ।

प्रत्येक दलहरुले अरोप प्रत्यारोप लगाएर पनि भोट मागि रहेका छन् । आफ्ना उम्मेदवारलाई विजयी गर्न भोट तान्ने क्रम तीब्र पारिएको छ । तर जनता भने अलमलमा परेका देखिन्छ । विकास गर्ने नेतालाई चुन्ने मनसायमा जनताहरु छन् । आजभोली थुप्रै आश्वासन सहीत लिएर एक दल जाने एकल आउने गर्नाले आफ्नो मताधिकार कस्लाई प्रयोग गर्ने हो भन्ने अन्योलमा मतदाता छन् । 

चुनाव चिन्ह हातमा लिएर विभिन्न गाउँ चाहारी रहेका छन् उम्मेदवार । कुनै दलले सबै स्थानीय तहमा चुनावी आमसभा सकेर फेरी भोट माग्न गाउँ पसेका छन् । भने कोही दलहरु भने गाउँमा पुग्नै सकेका छैनन् ।

यसैक्रममा बाजुरामा पनि दलहरुले निर्वाचन नजिकिएसंगै प्रचार प्रसारलाई तिब्र बनाउनुका साथै रणनीतिक ढंगले मत तान्ने कोसिसमा उम्मेदवार र पार्टीका नेता तथा कार्यकर्ता लागेका छन् । बाजुरामा स्वतन्त्र उम्मेदवार जनक रावलले पनि प्रचार प्रसार तिब्र बनाएका छन् । हातमा चुनाव चिन्ह धारा नमुना लिएर गाउँमा भोट मागिरहेका छन् । 

“धारा चिन्हमा मतदान, हाम्रो पहिचान, हाम्रै सान” लेखेको पम्पलेट टुटी सहीतको नमुना धारो हातमा समाएर भोट माग्ने गरेका छन् । उनले उत्प्रेरणा तथा अपिल पत्र सहीतको प्रतिवद्धता साथमा लिएर जनताको माझमा गएका छन् । प्रदेश सभा निर्वाचन २०७९ प्रदेश सभा २ बाजुराबाट स्वतन्त्र उम्मेदवार रावलले १४ बुद्धे लामो प्रतिबद्धताहरु लिएर जनताको घरदैलोमा पुगेका छन् ।

गौरव र आत्म सम्मान सहीतको उच्च आकांक्षामा मन र मुटु मस्तिस्कमा संगाल्दै मन वचन कर्म सांक्षी राखी अग्रगमन, उन्नती प्रगती सहीत लोकतान्त्री अभ्यासमा निर्वाचन महासंग्राम सामु खडा भएको रावलले बताएका छन् । 

महानिर्वाचन २०७९ प्रदेश सभा २ बाजुराबाट प्रत्यक्ष निर्वाचन प्रणालीमा प्रदेश सभा सदस्यका रुपमा चुनाव चिन्ह धारा सहीत आफ्नो स्वतन्त्र उम्मेदवारी रहेको बताए । बाजुरा पीछडिएको, अति गरिब, भोकमरी, अशिक्षा र अन्धकार लगायतका थुप्रै समस्याहरुलाई अन्त्य गर्न स्वतन्त्र उम्मेदवार सहीत जनता समक्ष पुगेको उनले बताएका छन् ।

उनको पहिलो प्रतिवद्धता छ, कृषि उपज तथा खाद्यान व्यवस्थापन केन्द्र स्थापन गरी स्थानीय उत्पादित कृषि उपज संकलन तथा वडा स्तरमा खाद्यान्न संकट समाधानका लागि तथा भोकमरी अन्त्य गर्न आवश्यक व्यवस्थापन गर्ने भनिएको छ ।

त्यस्तै किसानद्धारा उत्पादकत्व वृद्धि तथा उत्पादित कृषि उपजको खाद्य सुरक्षाका लागि सुक्षम एवं स्थानीय स्रोत र साधनको उपयोगितामा प्रविधि मैत्री कृषि प्रणालीको विकास विस्तार गर्ने, ब्याप्त  पुख्र्यौली सिप हस्तान्त्रण तथा निकासी पैठारीमा विषेश जोड दिने, धार्मिक सांस्कतिक र प्राकृतिक मनोरम क्षेत्रको संरक्षण प्रवद्र्धन र पर्यटनमैत्री पूर्वाधार विकास गर्ने जस्ता थुप्रै एजेण्डा लिएर जनता सामु पुग्ने गरेका छन् ।

उनले पहिलो प्राथमिकता भने कृषिलाई नै राखेका छन् । कृषि उपज तथा खाद्यान्न व्यवस्थापन केन्द्र स्थापन गरी स्वादेशमै राजगारी सिर्जना गर्ने खालका कार्यक्रमहरुले ल्याउने बताएका छन् । प्रतिवद्धता सहीत चुनाव चिन्ह धारा हातमा लिएर प्रसार प्रसारका लागि आज गौमुल गाउँपालिका लागेका छन् ।

त्यसो त बाजुरामा नेकपा एमाले र कांग्रेसको कडा प्रतिस्पर्धा हुने देखिएको छ । एमालेबाट प्रतिनिधी सभामा पूर्व उद्योगमन्त्री तथा एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापा र नेपाली काँग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेबीच कडा भिडेन्त हुने अनुमान गरिएको छ । 

बाजुरा अन्य दलहरु हकमा भने खासै प्रतिस्पर्धा नहुने र सहज चुनाव हार्ने सम्भावना देखिन्छ । नेपाली काँग्रेसमा पनि गठबन्धनले गर्दा चुनाव चित्न त्यति सहज छैन् । त्यसको फाइदा एमालले लिने देखिएको छ । बाजुरामा गठबन्धन भित्रै छुटाछुट्टै चुनावी प्रचार प्रसार छ । 

नेपाली कांग्रेस, माओवादी केन्द्र र समाजबादी पार्टीले छुट्टाछुटै प्रचार प्रसार गरिरहेका छन् । २०७९ सालको स्थानीय तहको निर्वाचनमा जिल्लाका ६ एमाले  र तीनमा काँग्रेसका उम्मेदवार विजयी भएका थिए । यसको आकलन गर्दा आगामीक मंसिर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश सभा सदस्य निर्वाचनमा एमालेका उम्मेदवार विजयी हुने सम्भावन देखिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका जङ्ग कुमार गिरी, जनसमाजवादी पार्टीका रामबहादुर शाही र स्वतन्त्रबाट टेक बहादुर बडुवाल पनि प्रतिनिधि सभा सदस्यमा उम्मेदवार छन् । प्रतिनिधिसभा सदस्यमा पाँच जना उम्मेदवार रहेको जिल्लामा गठबन्धनका तर्फबाट पाण्डे र एमालेका थापाबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । 



आइतबार २७, कार्तिक २०७९ ०४:५४ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.