बाजुरा : त्रिवेणी नगरपालिका १ छतारामा नेकपा माओवादी केन्द्रका जिल्ला कमिटी सहीत ३५ परिवार एमाले प्रवेश गरेका छन् । नेकपा एमालेको चुनावी घरदैलोका क्रममा माओवादी जिल्ला कमिटी सदस्य हिमाली नेपाली सहीतले प्रवेश गरेका हुन् ।
माओवादी जिल्ला कमिटी सदस्य हिमाल नेपाली, त्रिवेणी नगर कमिटी सह–सचिव जीवन नेपाली सहित ३५ परिवारले एमाले प्रवेश गरेका हुन् ।
उहाँहरुले नेकपा एमालेका प्रतिनिधी सभा उम्मेदवार कर्णबहादुर थापा, प्रदेश सभा (ख) का उम्मेदवार लालबहादुर थापा, केन्द्रीय सदस्य प्रकाश शाह, नेताहरु लालबहादुर ओली, भरत बुढा, भरत थापा, काशी विक, नरेश रोकाया सहीतका नेताहरुले पार्टी प्रवेश गरेका हुन् ।
नव प्रवेशी हिमाल नेपालीले आम रूपमा प्रचण्ड कम्युनिस्ट रहेनन् र जनयुद्वमा गरेको हाम्रो संघर्ष र लडाई खेर जान नदिनकै लागि एमालेमा फर्किएको नेपालीले बताएका छन् । चुनावी घरदैलोमा नेकपा एमाले प्रति जनताको आकर्षण बढेको छ ।
प्रतिकृया दिनुहोस