पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार

नजिक न्युज संवाददाता    

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार

काठमाडौं : पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ । गोली लागेर उनी घाइते भएका छन् । गुजरावालाको अल्लाहवाला चोक नजिकै उनीमाथि गोली प्रहार भएको हो । र्‍यालीमा रहेका उनीसवार कन्टेनरमा आक्रमणकारीले ३-४ राउण्ड गोली हानेका थिए ।

पाकिस्तान तहरीक-ए-इन्साफका महासचिव असद उमरका अनुसार खानलाई खुट्टामा गोली लागेको छ र उनलाई उपचारका लागि लाहोर पठाइएको छ । 

घटनामा अरु ३-४ जना पनि घाइते भएका पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् । घाइते हुनेमा पाकिस्तान तहरीक-ए-इन्साफका  नेता फैसल जावेद पनि छन् । गोली हान्ने एक जना व्यक्तिलाई पक्राउ गरिएको पाकिस्तानी प्रहरीले बताएको छ ।



बिहिबार १७, कार्तिक २०७९ ०६:०८ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.