भावी सपनालाई कोर्न सक्ने कमाण्डर चुनावी मैदानमा पेश गरेका छौ त्यसैले एमालेको जित शुनिश्चित छ : बोगटी

नजिक न्युज संवाददाता    

भावी सपनालाई कोर्न सक्ने कमाण्डर चुनावी मैदानमा पेश गरेका छौ त्यसैले एमालेको जित शुनिश्चित छ : बोगटी

बाजुरा : नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय सदस्य सहदेव बोगटीले बाजुरामा नेकपा एमालेको जित शुनिश्चित रहेको बताएका छन् । 

सोमबार गौमुल गाउँ कमिटीले आयोजना गरेको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमको सम्बोधन गर्दै उनले प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचनका लागि भावी सपना कोर्न सक्ने कमाण्डर चुनावी मैदानमा पठाएकाले एमालेको जित शुनिश्चित रहेको बताए । 

राम्रो छवि भएका नेता प्रतिनिधी सभामा कर्णबहादुर थापा र प्रदेश सभामा लाल बहादुर थापा बलिया उम्मेदवार रहकाले एमालेको जित शुनिश्चित रहेको बताएका छन् । उम्मेदवारका हिसाबले चुनावको परिणामको फैसला गर्ने बताउँदै ४ वटा पालिका घरदैलो गर्दा ७५ प्रतिशत जित भइसकेकोे र बाकी २५ प्रतिशत आगामीक मंसिर ४ गतेसम्म पूरा हुने दाबी गर्नुभएको छ ।

बाजुरामा गठबन्धन भित्र नेपाली काँग्रेस, माओवादी र समाजवादीले छुटाछुट्टै रुपमा चुनावी आमसभा गर्दै आएकाले यसलाई गठबन्धन भन्न नहुने बताएका छन् । गठ हटेर बन्धन मात्र बाकी रहेकोले यसले चुनाव जित्न नसक्ने धारणा राख्नु भएको थियो । बोगटीले भने बासर्वहारा, किसान, मजदुर र गरिब, निमुखाको हितको पार्टी नेकपा एमाले हो, माओवादी र समाजवादी काँग्रेसको पुछर भइसके अब ती कम्युनिष्ट रहेनन् ।

काम र पार्टीको नेतृत्वको हिसाबले नेकपा एमालेको सरकार बन्ने निश्चित भएको बोगटीले बताएका छन् । कार्यक्रममा बलियो एकता हुँदै गएको र आगामीक मंसिर ४ गते हुने चुनावलाई सफल पार्न पनि सबैले एकता भएर लाग्न पनि अपिल गर्नु भएको थियो ।



बुधबार १६, कार्तिक २०७९ ०६:५९ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.