सिङ उखेल्ने खालको थरक गौमुलबाट जानुपर्छ : दयाल शाही

नजिक न्युज संवाददाता    

सिङ उखेल्ने खालको थरक गौमुलबाट जानुपर्छ : दयाल शाही

बाजुरा : एमाले केन्द्रीय सदस्य एवंम प्रतिनिधी सभा समानुपातिक तर्फका उम्मेदवार दयाल बहादुर शाहीले गौमुल गाउँपालिका एमालेको लाल किल्ला रहेको बताएका छन् । 

एमाले गाउँ कमिटीले आयोजना गरेको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा पछिल्लो पाँच वर्षको चुनावमा गौमुल निर्विरोध चुनाव जित्ने र अब अन्य पालिकामा पनि एमाले गौमुल लाल किल्ला जाने दाबी गर्नु भएको थियो । 

भेलामा एक फरक प्रशंगमा बोल्दैे यो चुनावमा सिङ उखेल्ने थरक गौमुलबाट जाने दाबीे शाही थियो । उनेले भने बाजुरा एमालेको लाल किल्ला गौमुल । मुल जस्तै सङ्लो छ, यहाँको सिङ्गो मोडेललाई बाजुरादेखि देशभरमै बाडेर नेपाली काँग्रेसलाई चुनाव भनेपछि भाग्ने बनाउनु पर्छ ।

शाहीले सती ठाउँमा कम्युनिष्ट रोपिएको बताउँदै आशा भरसोको केन्द्रविन्दु गौमुल रहेको तथा मतदान गर्ने भन्नेबारे गौमुलको नेतृत्व र पालिकाले गरेको विकास सहजताबाट देखाईसकेकोले मतदानका लागि कर गर्नुपर्ने आवश्यकता नरहेको बताएका छन् ।

चार वटा पालिकाको घरदैलो सकेर प्रदेश (ख) मा केन्द्रीत भएको शाहीको टोलीले बाजुरामा एमालेको जित शुनिश्चित रहेको बताएको छ । केही प्रतिशत जित सुनिश्चित भएको र केही बाकी रहेकाले सत प्रतिशत चुनाव जित्न सबैले रणनीति सहीत लाग्नुपर्ने बताएका छन् ।



बुधबार १६, कार्तिक २०७९ ०६:५६ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.