एमालेप्रति नेपाली जनताको भरोसा छ : प्रकाश शाह

नजिक न्युज संवाददाता    

एमालेप्रति नेपाली जनताको भरोसा छ : प्रकाश शाह

बाजुरा : नेकपा एमाले केन्द्रीय सदस्य एवं पूर्व मन्त्री प्रकाश बहादुर शाहले एमालेप्रति नेपाली जनताको भरोसा रहेको बताएका छन् । एमालेसंग देशका बैरीहरु डराउन्छन, यो देशका सत्रुहरु डराउने गर्दछन्, त्यसैले एमालेप्रति नेपाली जनतामा भरोसा रहेको बताएका छन् ।

सोमबार एमाले गौमुल गाउँ कमिटीले आयोजना गरेको चुनावी कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमको सम्बोधन गर्दै उहाँले मन्त्री भएको बेला बाजुराको विकासका गर्नका लागि इमान्तर रुपमा प्रयास गर्यौ, ढृडपूर्वक लड्यौं र बाजुरामा विकास निर्माणका कार्यहरु पनि धेरै भएको बताउँदै अहिले विकास निमार्णको बर्णन गरेर नहुने र इतिहासले बताउने बताएका छन् ।  

भेलामा शाहले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधी सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा बाजुराबाट एमालेका प्रतिनिधीलाई बहुमतका साथ जिताएर पठाउन फराकिलो रुपमा लाग्न नेता तथा कार्यकर्ता अनुरोध गरे ।

बाजुराको एमालेको नेतृत्व भनेको कसैले डराएर डराउने, कसैको लोभलालजमा पर्ने नेतृत्व नभएको पनि शाहाले चेतावनी दिनुभएको छ । एमाले बाजुरासंग भरभरोसा, अब्बल, विकासबादी, गरिब जनताका पक्षमा उभिने नेतृत्व र एमालेको शक्ता भएको समयमा धेरै राम्रा काम भएकाले एमालेले चुनाव जित्न कुनै आशंका नरहेको बताएका छन् ।

अझै बाजुराको पक्षमा र विकासका निम्ती बोल्न अहिले नै बलियो भएर लाग्न पनि नेता तथा कार्यकर्तालाई उनले अनुरोध गरेका छन् । त्यस्तै कार्यक्रममा गौमुल गाउँपालिकालाई शतिक्तशाली पालिको रहेको धारण व्यक्त गर्नुभएको छ । उनले भने यहाँका मान्छे सहीमानी, न्यायको पक्षमा, सत्यको पक्षमा ढृडतापूर्वक उभिने जनताहरु हुनुहुन्नछ त्यसैले शक्तिशाली सहीत आशा लाग्छ ।

शाहले भने सबैको विकल्प रहेको बताउँदै पार्टीभित्र अन्तरविरोधहरु हुन्छन, ती मित्रवद अन्तरविरोधहरु हुन् । ती छलफल, संवाद, सहकार्य, सहजीकरणबाट रुपमान्तरण गर्दै लैजाने कुरा हो । बाहिर अन्य पार्टीका अन्तरविरोधहरु सत्रुविद विरोधहरु भएकाले यसलाई प्रतिवाद गरेर अगाडी बढ्नु पर्ने बताएका छन् । नेकपा एमालेले बाजुरामा जित्न मिहेनत र एकाघिकार भएर लाग्न पनि उहाँले नेता तथा कार्यकर्तालाई अपिल गरेका छन् ।



बुधबार १६, कार्तिक २०७९ ०६:४९ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.