गौमुलमा एमालेको चुनावी आमसभा, जितको संकेत आइसकेको नेताहरुको धारणा

नजिक न्युज संवाददाता    

गौमुलमा एमालेको चुनावी आमसभा, जितको संकेत आइसकेको नेताहरुको धारणा

बाजुरा : गौमुल गाउँपालिकामा नेकपा एमालेले चुनावी आमसभा गरेको छ । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधी सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरी अगुवा कार्यकर्ता सहीतको उपस्थितिमा गौमुल गाउँ कमिटीले चुनावी आमसभा गरेको हो । 

प्रतिनिधी सभाका उम्मेदवार एवं एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापा, नेकपा एमालेका केन्द्रीय सदस्य प्रकाश शाह, सहदेव बोगटी, प्रतिनिधी सभा समानुपातिक तर्फका उम्मेदवार एवं केन्द्रीय सदस्य दयालबहादुर शाही, प्रदेश कमिटी सचिवालय सदस्य गगन रावल, एमाले जिल्ला कमिटी अध्यक्ष काली बहादुर शाहीे सहीतको उपस्थितिमा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रको आयोजना गरिएको एमाले गौमुल गाउँ कमिटीले जनाएको छ ।

गौमुल गाउँपालिकाको केन्द्र घट्मुनामा आयोजना गरिएको आमसभा तथा प्रशिक्षण कार्यक्रममा पालिका भरीका एमालेमा आस्थावान कार्यकर्ता सहीतको बाक्लो सहभागिता रहेको थियो । नेता तथा कार्यकर्तालाई चुनावमा केन्द्रीत गर्न, उम्मेदवारहरुको प्रतिवद्धता,  पार्टीको आन्तरिक रणनीति, प्रचार प्रसारलाई तिब्रता, युवा शक्ति परिचालन, लगायतका विषयमा छलफल तथा प्रशिक्षण दिन चुनावी कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम गरिएको हो  । 

प्रतिनिधी सभाका उम्मेदवार थापा र प्रतिनिधी सभा समानुपातिक तर्फका उम्मेदवार एवं केन्द्रीय सदस्य दयालबहादुर शाही टोली प्रदेश (क) को जगन्नाथ गाउँपालिका, स्वामिकात्र्तिक खापर गाउँपालिका, हिमाली गाउँपालिका र बुढीनन्दा नगरपालिकाकाको प्रचार सकेर आज एमाले गौमुल गाउँ कमिटीले आयोजना गरेको चुनावी आमभेला सहभागि भई मार्तडी तर्फ लाग्नु भएको छ । उक्त टोली भोली बडीमालिका नगरपालिकामा केन्द्रीत बन्ने छ ।  

आज गौमुल गाउँपालिकामा पनि नेता तथा उम्मेदवारहरुले आगामीक योेजना तथा रणनीतिका बारेमा छलफल र संवाद गरेको छ । गौमुल गाउँपालिकामा आजको कार्यकर्ता भेलाले नेताहरु उत्साहित बनेका छन् । 

कार्यक्रममा नेताहरुल संघ र प्रदेशेको चुनाव चित्न पनि गौमुलको काधमा रहेको भन्दै मिहेनत गरी लाग्न अनुरोध गरेका छन् । निर्णायक मत गौमुलले मात्र दिन सक्ने भन्दै अब झन बलियो र सक्षम भएर मत आफ्नो पक्षमा ल्याउन नेताहरुले सबैलाई अनुरोध गरेको थियो ।

अन्य पालिकामा समेत एमालेका पक्षमा मावल बढेको र नेपाली काँग्रेस, नेकपा माओवादी, एकिकृत समाजवादी पार्टी छोडेर एमाले प्रवेश गरेकाले एमालेका जित सुनिश्चित भएको कार्यक्रमा मन्तव्य राख्ने नेताहरुले बताएका छन् । घरदैलो अभियानलाई आकलन गर्दा ७५ प्रतिशत जित भईसकेको र अब २५ प्रतिशत जित हुनका बाकी रहेकोले सबैले चुनावी मैदानमा हुमिन आग्रह गरिएको छ ।

गठबन्धनमा पार्टी भित्रै विद्रोह सृजना भएकाले बाजुरामा एमालेले जित्न कुनै कसुर नरहेको नेताहरुले बताएका छन् । एमालेले नीति, नेतृत्व र सत्तामा हुँदा गरेका कामकै आधारमा धेरैले एमालेलाई समर्थन गर्ने गरेकाले एमालेको जित सुनिश्ति रहेको नेताहरुले बताएका छन् । गौमुलका जनताहरुले सहभागि नेताहरुलाई भव्य स्वागत गरेका थिए ।  

गौमुल गाउँ कमिटी अध्यक्ष देव बहादुर रोकायाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि प्रतिनिधी सभाका उम्मेदवार एवं स्थायी कमिटी सदस्य कर्णबहादुर थापा रहनुभएको थियो । भने विशिष्ट अतिथिमा एमाले केन्द्रीय सदस्य प्रकाश शाह, सहदेव बोगटी, प्रतिनिधी सभा समानुपातिक तर्फका उम्मेदवार एवं केन्द्रीय सदस्य दयालबहादुर शाही, प्रदेश कमिटी सचिवालय सदस्य गगन रावल, एमाले जिल्ला कमिटी अध्यक्ष काली बहादुर शाही लगायत रहनुभएको थियो ।

त्यस्तै अतिथिमा जिल्ला कमिटी सचिव भरत रोकाया, उपसचिव हरि बहादुर रोकाया एमालेका युवा नेता एवं अनेरास्ववियुका केन्द्रीय उपमहासचिव नरेश रोकाया, जिल्ला कमिटीका पदाधिकारी, गाउँ कमिटीका पादधिकारी, वडा कमिटी, टोल कमिटीका पदाधिकारी लगायत पार्टीका भातृ संगठनका नेताहरु रहनुभएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य गाउँ कमिटी उपाध्यक्ष गिता रोकायाले राख्नुभएको थियो । गाउ कमिटीका सचिव मोहन रोकायाले सञ्चालन गर्नुभएको कार्यक्रममा ६ सय भन्दा बढी नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । 



मङ्गलबार १५, कार्तिक २०७९ ०८:४९ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.