सामाजिक सद्भावका लागि बाजुरामा सिर्जना वाचन

नजिक न्युज संवाददाता    

सामाजिक सद्भावका लागि बाजुरामा सिर्जना वाचन
सिर्जना वाचनमा सहभागि अतिथि सहीत स्रष्टाहरु ।

बाजुरा :  सामाजिक सद्भावका लागि बाजुरामा सिर्जना वाचन कार्यक्रम आयोजना गरिएको छ । सुदूर साहित्य प्रतिष्ठानले दशैं तिहारको अवसर पारी सिर्जना वाचन कार्यक्रम आयोजना गरिएको हो । 

साहित्य क्षेत्रको प्रवद्र्धन र विकास, स्रष्टाको सम्मान तथा पहिचानका लागि कार्यक्रम आयोजना गरिएको प्रतिष्ठानका अध्यक्ष हर्क बहादुर खडायतले बताएका छन् । प्रतिष्ठानले हरेक वर्षको दशैं तिहार बिशेष सद्भावका लागि सिर्जना वाचन कार्यक्रम आयोजना गर्ने गरेको छ । 

नेपालीको प्रमुख पर्व दशैं, तिहारको अवसरमा सामाजिक सद्भावको सन्देश प्रवाह गर्ने उदेश्य सहीत कार्यक्रम आयोजना गर्ने गरिएको सचिव कृष्ण ओलीले बताएका छन् । बाजुरामै जन्मिएका गीत, कथा, कविता, गजल, मुक्तक लगायतका विधामा कलम चलाउने स्रष्टा सर्जकहरुको जमघटमा कार्यक्रम गरिएको छ ।

साहित्य लेखनमा कलम चलाइरहेका व्यक्तिहरुको हौसला र जिल्लाको पहिचानका लागि प्रतिष्ठानले कार्यक्रम गर्ने गरेको छ । सिर्जना वाचन कार्यक्रममा साहित्यकार भेषराज बुढाथोकी, सौगात शाह, हिक्मत थापा, केशव बोहरा, विक्रम साउँद सन्जोक, मिन खड्का, बसन्त विक, शंकर उखेडा, सुरेन्द्र चदारा, साजन खत्री, युवराज बडुवाल लगायतले प्रस्तुती दिएका थिए । 

गायीका सम्झना श्री र देउडा खेलाडी सुना विक, गंगा विक र कला विकले पनि आफ्नो प्रस्तुती दिएका थिए । बडीमालिका नगरपालिकाको सभा हलमा आयोजित कार्यक्रम गजलमय बनेको थियो । कार्यक्रममा कविता, गीत, मुक्तत प्रस्तुत गरिएपनि अधिकांश सष््रटाले गजल वाचन गरेका थिए ।

May be an image of 7 people, people sitting, people standing and text that says "स्थानीय आपतकालिन LOCAL EMERGENCY OPERATION कायत CENTER LEEE n YN 2022/10/1 15:38"कार्यक्रम भेषराज बुढाथोकीले बाजुरालीले भाषाका गजल मात्रै प्रस्तुत गरेका थिए । भने अन्य स्रष्टाले पनि बाजुराली भाषालाई स्थान दिएका थिए । स्थानीय भाषा र सँस्कृतिको विकास र प्रवद्र्धनमा पनि साहित्य लेखनले योगदान पुग्ने बाजुरा क्याम्पसका प्राध्यापक रुपक रौलेले बताएका छन् ।

अध्यक्ष हर्क खडायकको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकाया रहेका थिए । भने बुढीगंगा नगरपालिकाका उपप्रमुख माया कुँवर, बडीमालिका ७ का अध्यक्ष धर्मराज पाध्याय, नागरिक अगुवा गोरख सार्की, माओवादी केन्द्रका नेता रमेश चदारा सहीत सहभागि थिए । रेडियो पौरखी, रेडियो बाजुरा, बडीमालिका खबर, मालिका टुडे, किनारा न्यूज, नागरिक रैवार लगायतका अनलाइनले प्रत्यक्ष प्रशारण गरेका थिए । 

साहित्यले समाजलाई जीवीत राख्ने भएकोले संरक्षण र विकास जरुरी रहेको समन्वय समिति प्रमुख तुलसीराम रोकायाले बताएका छन् । समाजलाई चिनाउने, पढाउने र सिकाइ हस्तान्त्रण गर्ने माध्यम नै साहित्य भएको रोकायाको जोड थियो । 

बुढीगंगा नगरपालिकाका उपप्रमुख माया कुँवरले स्थानीय कला सँस्कृति र परम्पराको जगेर्ना र संरक्षण गर्न आफूहरु प्रतिवद्ध रहेको बताएकी छन् । सोही अवसरमा शुभकामना आदान प्रदान पनि गरिएको थियो । बाजुरामा सुदूर साहित्य प्रतिष्ठानले कला साहित्य संरक्षण र विकासका गतिविधी गर्दै आएको छ । 

 



शनिबार १५, असोज २०७९ ०६:३४ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.