सर्वाधिक धनराशीको चौथो छेडेदह कप असोज २२ देखि सुरु हुने

पहिलो पुरस्कार २,३३,३३३ र दोस्रो पुरस्कार १,२२,२२२ राशी

नजिक न्युज संवाददाता    

सर्वाधिक धनराशीको चौथो छेडेदह कप असोज २२ देखि सुरु हुने
फुटबल खेल आयोजना हुने खेल मैदान

बाजुरा : खेल पर्वका रुपमा आयोजना हुने सर्वाधिक धनराशीको छेडेदह कप फुटबल प्रतियोगिता यो वर्ष असोज २२ गतेदेखि हुने भएको छ । दशै सकिएको तीन दिनपछि अर्थात असोज २२ गतेदेखि २८ गतेसम्म हुने आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।

छेडेदह स्पोर्टस क्लबले हरेक वर्षको दशैको टिका पछिको तेस्रो दिनबाट फुटबल प्रतियोगिता आयोजना गर्ने गरेको छ । लगातार चौथो वर्ष आयोजना गर्न लागेको प्रतियोगिता बारे क्लबले मार्तडीमा पत्रकार सम्मेलन मार्फत जानकारी गराएको क्लबका अध्यक्ष लोकेन्द्र खड्काले बताएका छन् ।

सर्वाधिक धनराशीको नाम दिइएको प्रतियोगिता विजेताले यो वर्ष २ लाख ३३ हजार ३ सय ३३ रुपैया पुरस्कार पाउने पनि घोषणा गरिएको छ । खप्तड छेडेदह गाउँपालिका ७ स्थित दशरथ माध्यमिक विद्यालयको खेल मैदानमा प्रतियोगिता सञ्चालन गरिने आयोजक क्लबका खेल संयोजक कृष्ण ओलीले बताएका छन् ।

“हरेक वर्ष, खेल पर्व भन्ने नाराका साथ प्रतियोगिता सञ्चालन हुने लागेको हो । प्रतियोगिताका उपविजेतालाई १ लाख २२ हजार २ सय २२ रुपैया पुरस्कार राशी घोषणा गरिएको छ ।

यो वर्ष प्याराफिट सहीतको खेल मैदानमा सञ्चालन हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बताइएको छ । खप्तड छेडेदह गाउँपालिकाकै पर्यटन प्रवद्र्धन र विकासमा प्रतियोगिताले महत्वपूर्ण योगदान पुर्याउने बताएका छन् । 

बाजुराकै सुन्दरनगरीको रुपमा परिचित आटीचौर स्थित दरशथ माविको खेल मैदानमा हुने प्रतियोगितामा सहभागि हुन टिम दर्ता भने असोेज २१ गते साँझ ५ बजेभित्र गरिसक्नु पर्ने पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।

सुन्दरनगरी आटीचौरलाई खेल नगरीको रुपमा विकास गर्न र समग्र खेल क्षेत्रको विकास प्रवद्र्धनमा सघाउ पुर्याउने लक्ष्य सहीत प्रतियोगिता आयोजना गर्ने गरिएको खेल संयोजक कृष्ण ओलीले बताएका छन् ।

यो वर्ष खेलमा वेष्ट पिलियर, राइजिङ पिलियर, वेष्ट किपर, वेष्ट डिफेन्डर र सर्वाधिक गोल कर्तालाई पनि पुरस्कार सहीत मेडल र प्रमाण दिईने छ । खेल क्षेत्रको विकास र खेल प्रति युवा आकर्षण बढाउन क्लबले रहेक वर्ष प्रतियोगिता सञ्चालन गर्दै आएको छ । 

खेल एन्फाकै रेफ्रीद्धारा खेलाइने छ । भने देशका जुनसुकै क्षेत्र र जिल्लाबाट पनि भाग लिन पाउने गरि आयोजना हुन लागेको छ । खेलमा यो वर्षदेखि विदेशी खेलाडी पनि समावेश गर्न पाउने मापदण्ड बनाइएको छ । खेलमा २५ बढी टिमले भाग लिने अनुमान आयोजकको छ । १८ जना खेलाडी, म्यानेजर र प्रशिक्षण गरि २० जना टिममा रहने छन् ।

दोस्रो कपमा २३ टिमले भाग लिएका थिए । भने तेस्रोमा २० टिम सहभागि थिए । खेलकुदकाले सानो उपत्यका सहीतको सुन्दर नगरी आटीचौरलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न र छेडेदह ताल, बढालेक क्षेत्र, डाँडासैन, बथानलेख र कुडीकोट दरबारको प्रवद्र्धनमा पनि टेवा पुग्ने विश्वास स्थानीयले गरेका छन् ।

फोटो सहीतको फारम अनिवार्य भरेर टिममा सहभागि खेलाडीको नागरिकता वा परिचय खुल्ने परिचय पत्र अनिवार्य राख्नु पर्ने र अनुशासन बाहिर रहेर खेल्ने र रेफ्री र आयोजकको निर्णयलाई अवेज्ञा गर्ने टिमलाई खेलबाट नै आउट गर्ने नियम बनाएको छ । 

स्वास्थ्य सुरक्षा मापदण्डलाई अनिवार्य पालना गराउने नीति लिएको आयोजकले टिम दर्ता शुल्क १२ हजार र धरौटी शुल्क ३ हजार लिने छ । राष्ट्रिय खेलकुद परिषद्, अखिल नेपाल फुटबल संघ एन्फाकै प्रतिनिधी रहने खेलमा करिब ५ सय बढी खेलाडी र हजारौको संख्यामा दर्शकहरुले खेलको अवलोकन आयोजकले अनुमान गरेको छ । 

खेल प्रयोजन गर्न मुख्य प्रयोजकका लागि २ लाख २२ हजार तोकिएको छ । भने व्यक्तिगत व्यानर र प्रचारका लागि २५ हजार तोकिएको छ । लगानी गर्ने निकायले इच्छाएको शब्द वा लोगो पदर्शन गर्न पाउने छन् । आवश्यक व्यानर, पर्चा, पप्लेटद्धारा विज्ञापन गर्न पाउने, प्रवद्र्धनका क्रियाकलाप समेत गर्न पाउने सुविधा दिइएको छ । पत्रकार सम्मेलन रेडियो बाजुराको सिकाइ केन्द्र मार्तडीमा आयोजना गरिएको छ । 



शुक्रबार १४, असोज २०७९ ०६:५५ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.