बाजुरा : बुढीगंगा नगरपालिका र खप्तड छेडेदह गाउँपालिका बाजुरा जिल्ला कारागारमा रहेका कैदी बन्दीहरुलाई खसी उपहार दिएका छन् । कारागारमा कैदी बन्दी जीवन बिताइ रहेकाहरुलाई दशैं मनाउन उपहार स्वरुप खसी सहयोग गरिएको हो ।
बुढीगंगा नगरपालिकाका तर्फबाट नगर प्रमुख रामबहादुर बाँनीया र उपप्रमुख माया कुँवरले सयुक्त रुपमा खसी उपहार दिएका हुन् । बाजुरा कारागारमै पुगेर बन्दी नाइके रुपेश रावतलाई हस्तान्त्रण गरिएको बुढीगंगा नगरपालिका १० का वडाध्यक्ष दलबहादुर साउँदले बताएका छन् ।
कारागारमै पुगेर बुढीगंगा नगरपालिकाका नगरप्रमुख रामबहादुर बानियाँले कारागारका जेलर हंस बोहरा, चौकीदार रुपेश रावत र नाईके विरेन्द्र रावत मार्फत कैदीबन्दीलाई दशैं मनाउन खसी उपहार दिईएको हो । सोही अवसरमा कारागारमा रहेका बन्दीहरुले आफै बुनेको टोपी प्रमुख र उपप्रमुखलाई उपहार दिएका थिए ।
नेपालीको महान पर्वलाई उत्सवमय बिताउन उपहार स्वरुप खसी दिएको नगर प्रमुख रामबहादुर बाँनीयाले बताएका छन् । भुलवस कमजोरी गरेर वा नियत नै राखेर गैर कानुनी कार्य गरेर कैदी बन्दी जीवन बिताइरहेकाहरुलाई पनि चाड पर्वमा निराश हुने अवस्था आउन नदिन खुसीयालीका लागि उपहार दिइएको पालिकाले बताएका छन् ।
बुढीगंगा नगरपालिकाले २० हजार बराबरको खसी र खेलकुदका सामाग्री सहयोग गरेको छ । खप्तड क्षेडेदह गाउँपालिकाले पनि कारागारका कैदीबन्दीलाई एउटा खसी र खेलुकदका सामाग्री उपलव्ध गराएको छ । गाउँपालिकाकी उपाध्यक्ष विशुदेवी नाथको नेतृत्वमा कारागारमै पुगेर जेलर, चौकीदार र नाईके मार्फत कैदी बन्दीलाई खसी उपहार दिएकी हुन् । हाल कारागारमा ५६ जना कैदीबन्दी रहेका छन् ।
बुढीगंगा नगरपालिका र खप्तड क्षेडेदह गाउँपालिकाले दिएको खसी उपहारसंगै दशैं मनाउन सहज हुने बन्दी नाइके रुपेश रावतले बताएका छन् । सहयोग गर्ने दुबै पालिकालाई धन्यवाद दिएका छन् । कार्यक्रममा पूर्व जनप्रतिनिधी दलका नेताहरु सहभागि थिए । बाजुरा कारागारमा रहेको कैदी बन्दीलाई पीसविनबाट खसी उपहार दिन थालिएको थियो ।
प्रतिकृया दिनुहोस