एमाले बाजुराको प्रदेश उम्मेदवारको सिफारिस सूचीबाट शाही र बुढाको नाम आउट

नजिक न्युज संवाददाता    

एमाले बाजुराको प्रदेश उम्मेदवारको सिफारिस सूचीबाट शाही र बुढाको नाम आउट

बाजुरा : नेकपा एमाले बाजुराले प्रदेश उम्मेदवारका आकाक्षी भरत बुढा र मेघराज शाहीको नाम अन्तिम सिफारिस सूचीबाट हटाइएको खुलेको छ । पार्टी जिल्ला कमिटीले प्रदेश कमिटीलाई गरेको सिफारिस पत्रमा मेघराज शाही र भरत बुढाको नाम समावेश नगरि पठाएको छ । 

शाही प्रदेश निर्वाचन क्षेत्र क र भरत बुढा प्रदेश निर्वाचन क्षेत्र ख बाट उम्मेदवार बनेका थिए । दुबै आकाक्षीको नाम प्रदेश निर्वाचन समन्वय कमिटीबाट जिल्ला कमिटीमा सिफारिस गरिएको थियो । सर्वसम्मत नभएपछि प्रदेश समन्वय कमिटीकै सिफारिस नाम प्रदेश पठाउने जिल्ला कमिटीमा निर्णय गरिएको थियो ।

जिल्ला कमिटीमा भएको निर्णय विपरित प्रदेश कमिटीलाई गरिएको सिफारिस पत्रमा प्रदेश क बाट सिफारिस मेघराज शाहीको नाम हटाएर सहदेब बोगटी रंगमान शाही, बल्देव रेग्मी र मनबहादुर विष्टको नाम मात्रै समावेश गरिएको छ ।

यता प्रदेश निर्वाचन ख बाट लालबहादुर थापा, लालबहादुर ओली र मिनबहादुर विष्टको नाम मात्रै सिफारिस गरिएको छ । पार्टी जिल्ला उपाध्यक्ष भरत बुढाले आकाक्षी नभएकै कारण नाम सिफारिस नभएको बताएकी छ । तर बुढाको नाम प्रदेश समन्वय कमिटीबाट भने जिल्ला कमिटीमा आएको थियो ।

एमाले बाजुराले पनि प्रदेश क बाट ५ र ख बाट ४ जना सिफारिस भएको जानकारी गराएको थियो । तर पार्टी अध्यक्ष कालीबहादुर शाहीले हस्ताक्षर गरेको सिफारिस पत्रमा प्रतिनिधी सभामा लालबहादुर थापा, प्रकाश शाह र लोकेन्द्र शाही सहीत ३ जनाको नाम उल्लेख छ । 

यस्तै प्रदेश क मा सहदेव बोगटी, रंगमान शाही, बल्देव रेग्मी र मनबहादुर विष्ट तथा प्रदेश ख मा लालबहादुर थापा, मिनबहादुर र लालबहादुर ओलीको नाम आएको प्रदेश कमिटीले बताएको छ । प्रदेश कमिटीले नौ वटै जिल्लाबाट आएका सबै सिफारिस नामहरुलाई केन्द्रमा पठाउने निर्णय गरिसकेको छ ।

बाजुराका तर्फबाट प्रदेश कमिटी बैठकमा प्रतिनिधी सभा र दुबै प्रदेशमा तीन।तीन जना मात्रै सिफारिस भएको जानकारी गराइएको थियो । यता पार्टी जिल्ला कमिटीले पनि आकाक्षा राख्ने सबैका नाम प्रदेश कमिटीमा सिफारिस गरेको दाबी गरिएको थियो । 

पार्टी आन्तरिक विषय भन्न हुदैन्, तर बाजुराबाट आएको पत्र अनुसार प्रदेश क बाट ४ र ख बाट ३ जनाको सिफारिस आएको प्रदेश कमिटीले बताएको छ । समानुपातिक तर्फपनि केही नाम संसोधन गरेर पठाइएको छ । 



शुक्रबार २४, भदौ २०७९ ०८:०४ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.