बाजुरा : खप्तड छेडेदह गाउँपालिकाले जिल्ला समन्वय समिति प्रमुख सहीतको टिमलाई स्वागत सहीत बधाइ ज्ञापन गरेको छ । पालिकाले आफ्नै कार्यकक्षमा जिल्ला समन्वय समिति प्रमुखमा निर्वाचित भएकोमा बधाइ सहीत कार्यकालको शुभकामना व्यक्त गरेको हो ।
पालिका उपाध्यक्ष बिशुदेवी नाथले कार्यालयमा औपचारिक कार्यक्रम मार्फत अविर खादा लगाएर स्वागत सहीत बधाइ ज्ञापन गरेको छ । उपाध्यक्ष नाथकै अध्यक्षतामा कार्यक्रम सञ्चालन गरिएको थियो ।
समन्वय समिति प्रमुख तुलसीराम रोकाया, बडीमालिकाका नगर प्रमुख अमर खड्का, एमाले सचिव भरत थापा, समन्वय अधिकारी किरन विक, बडीमालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रंगमल विक, समन्वय समितिका लेखापाल दिलसिंह भण्डारी सहीतलाई बधाइ ज्ञापन गरिएको हो ।
कार्यकाल सफलताको शुभकामना सहीत सबै पालिकासँगको समन्वय र सहकार्यलाई समान व्यवाहार सहीतको भूमिका निर्वाह गर्ने अपेक्षा गरेको पालिका उपाध्यक्ष बिशुदेवी नाथले बताएकी छन् । खप्तड छेडेदह गाउँपालिका ७ का वडा सदस्य रणबहादुर ओलीले कार्यक्रमको स्वागत मन्तव्य राखेका थिए ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत नन्दबहादुर धामीले सञ्चालन गरेको कार्यक्रममा एमाले बाजुराका सचिव भरत थापा, बडीमालिका नगरपालिकाका प्रमुख अमर खड्का र समन्वय प्रमुख तुलसीराम रोकायाले मन्तव्य राखेका थिए । उहाँहरुले पालिकाको विकासमा सहकार्य गरेर जानु पर्ने र आफ्नो तर्फबाट सहयोग गर्ने बचन दिएका छन् ।
यसैगरी खप्तड छेडेदह गाउँपालिका ७ नम्बर वडा कार्यालयले पनि बधाई सहीत स्वागत गरेको छ । ७ नम्बर वडा कार्यालयमा प्रमुख रोकाया सहीतको टिमलाई अविर माला सहीत बधाई ज्ञापन गरिएको वडा सदस्य रणबहादुर ओलीले बताएका छन् । वडा सदस्य रणबहादुर ओली, भीमबहादुर खड्का, सहीतले कर्मचारीले बधाई सहीत स्वागत गरेका छन् ।
प्रतिकृया दिनुहोस