कार्यालय परिसरको सरसफाइमा जुटे बाजुरा जिल्ला अस्पतालका स्वास्थ्यकर्मी

नजिक न्युज संवाददाता    

कार्यालय परिसरको सरसफाइमा जुटे बाजुरा जिल्ला अस्पतालका स्वास्थ्यकर्मी

बाजुरा : बाजुरा जिल्ला अस्पतालका कर्मचारीले कार्यालय परिसरको सरसफाइ आफै गर्ने गरेका छन् । अस्पताल परिसरमा फोहरको मात्रा बढ्न थालेपछि कर्मचारीले प्रत्येक हप्ताको शुक्रबार कर्मचारीहरुले अनिवार्य सरसफाइ गर्ने गरेका हुन् । 

कार्यालय परिसरको सरसफाइका लागि शुक्रबार अनिवार्य सबै कर्मचारी सहभागि हुने गरि निर्णय गरिएको अस्पताल व्यवस्थापन समिति अध्यक्ष मानबहादुर कार्कीले बताएका छन् । विरामीको उपचार गर्ने क्षेत्र नै दुर्गन्धीत देखिनु हुन्न र स्वास्थ्य कर्मी नै सरसफाइमा जिम्मेवार बन्नु पर्छ भन्ने सन्देशका लागि पनि सरसफाइ कार्यतालिका राखिएको हो ।

ड्यूटीमा खटिएका बाहेक अन्य सबै कर्मचारीहरुको उपस्थितिमा अस्पताल परिसरको सरसफाइ थालिएको कार्यालय प्रमुख डाक्टर मिलन जोशीले बताएका छन् । उपचारका लागि आउने विरामीलाई नै अस्पतालको सरसफाइले पाठ सिक्न लायक होस् भन्ने मान्यताकै कारण सरसफाइ गर्ने गरिएको प्रमुख डाक्टर जोशीले बताएका छन् ।

कार्यालय सहयोगीतले नियमित कार्यकक्ष र आसपासको सरसफाइ गर्ने गरेपनि सिंगो परिसरकै फोहर हटाउन सबै कर्मचारी जिम्मेवार हुने गरि निर्णय गरिएको अस्पताल व्यवस्थापन समितिले बताएका छन् । 

आगामी दिनमा नियमित निरन्तर अस्पताल सफाइ अभियानकै रुपमा लिने अस्पतालले बताएको छ । स्वास्थ्य कर्मी पोशागमै हातमा गलब्स सहीत सरसफाइमा जुटेका थिए । स्वास्थ्य कर्मीले पनि आफूहरुलाई समेत जिम्मेवारी बोध हुने र अस्पतालको सफाइ हुने काममा सरिक हुँदा आनन्द लागेको प्रतिक्रिया दिएका छन् । 

No description available.अस्पतालका कार्यरत चिकित्सक देखि सिंगो स्वास्थ्य कर्मी कर्मचारीको टिमले दुई घण्टा अस्पताल परिसरको फोहर उठाएको छ । बर्षादको पानीसँगै बगेर आउने, हावा हुरीले उठाएर ल्याउने र छिमेकी घर तथा संरचनाबाट हुने फोहर व्यवस्थापन जरुरी देखिएकोले उक्त कामको थालनी गरिएको अस्पतालले बताएको छ ।



शुक्रबार २४, भदौ २०७९ ०७:५७ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.