बाजुरा : सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दिपककुुमार कार्कीले बाजुरा जिल्ला अदालतको अनुगमन तथा निरिक्षण गर्नु भएको छ । नेपाली सेनाको हेलिकप्टर मार्फत पहिलो पटक बाजुरा आउनु भएका कामु प्रधानन्यायधीस कार्कीले बाजुरा जिल्ला अदालतको अनगुमन तथा निरिक्षण गर्नु भएको हो ।
बाजुरा जिल्लाका जिल्ला न्यायाधीश दाताराम पौडेलका अनुसार कामु प्रधान न्यायाधीश कार्कीले बाजुरा जिल्ला अदालतको भौतिक संरचना र मुद्धाहरुको निरिक्षण सहित आवश्यक निर्देशन गरेका छन् ।
अदालतको निरिक्षणपछि कामु प्रधानन्याधिससहितको टोली बझाङ जिल्ला अदालतको भवनको सिलान्यास गर्ने गरी बाजुराबाट प्रस्थान भएको थियो । कामु प्रधान न्यायधीस कार्कीले जिल्ला स्थित सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधीसँग पनि भेटघाट गर्नु भएको छ ।
टोलीमा सर्वोच्च अदालतका मुख्य रजिष्टार नारायण पन्थी, सह–रजिष्टार बावराम दाहाल लगायतको सहभागिता रहेको प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारीले बताएका छन् ।
प्रतिकृया दिनुहोस