बाजुराको स्याउ धनगढीमा पाइने

नजिक न्युज संवाददाता    

बाजुराको स्याउ धनगढीमा पाइने
जगन्नाथको पीलुचौरबाट स्याउ ढुवानी सवारी साधानलाई विदाइ गरिदै ।

बाजुरा : सडक अभावले बारीमै थन्कीएको स्याउ जिल्ला बाहिर ढुवानी सुरु गरिएको छ । पानी रोकिएर कर्णाली करिडोरको बाटो सहज हुन थालेपछि बाजुराको स्याउ धनगढी नेपालगञ्ज, काठमाडौं लगायतका शहरमा ढुवानी सुरु गरिएको हो । 

किसानको स्याउ बारीमै किनेर ढुवानी कर्ता मार्फत कृषि ज्ञान केन्द्रले अनुदान सहयोग गरेको छ । बाजुरा देखि धनगढी, नेपालगञ्ज लगायतका शहरसम्म पुर्याउन ढुवानी भाडा सहयोग गरेको हो । सडकको सहज पहुँच नहुँदा स्याउ बारीमै थन्कीएको छ ।

उत्पादन जति स्याउ विक्री हुने बाजुरामा बजार छैनन्, कोल्ड स्टोर सञ्चालनमा छैनन्, जिल्ला बाहिर पठाउनुको विकल्प नरहेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी मिनप्रसाद जैशीले बताएका छन् । सडक समस्याकै कारण बाजुराको स्याउ वर्षेनी बारीमै कुहिने गरेको छ । 

यो वर्ष कृषि ज्ञान केन्द्रले ४ सय क्वीन्टल ए र बि ग्रेडको स्याउ धनगढी, नेपालगञ्ज, काठमाडौं लगायतका शहरमा पुर्याउने ढुवानी भाडाको प्रबन्ध गरेको छ । विगत तीन वर्षयता कृषि ज्ञान केन्द्रले स्याउको बजारीकरण र किसानलाई सामान्य भएपनि राहतका लागि अनुदान सहयोग गर्ने गरेको छ । पहिलो वर्ष ५ सय, दोस्रो वर्ष २ सय र यो वर्ष ३ सय क्वीन्टल स्याउ अनुदान दिने भनिएको छ ।

ज्ञान केन्द्रले ३० रुपैया प्रतिकेजी ढुवानी अनुदान दिने र धनगढी सम्म पुर्याउने जिम्मा लिएको छ । बाजुरामा १०५० मेक्टीकटन स्याउ उत्पादन हुने तथ्यांक छ । बारीमै १५ रुपैया केजीमा विक्रीगर्दा पनि किसानको हातमा पौने २ करोड पर्नु पर्ने हो, तर किसानहरुले सडक समस्या कै कारण वर्षेनी नोक्सानी बेहोर्न बाध्य छन् ।

बाजुराको स्वामिकात्र्तिक खापर गाउँपालिका त्यसैमा जुकोटमा अत्याधिक स्याउ फल्ने गरेका छन् । जिल्लाको २ सय ३० हेक्टर बढी जमिनमा स्याउ खेती गरिएको छ । खेती गरिएको जमिनमा ७० हजारको संख्यामा स्याउका बोटहरु रोपिएका छन् । ती मध्ये ६० प्रतिशत बोटहरुमा स्याउ उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र बाजुरासँग तथ्याकं छ । 

No photo description available.जिल्लाका स्वामिकात्र्तिक खापर र जगन्नाथ गाउँपालिका र बुढीनन्दा नगरपालिकामा सबैभन्दा बढी स्याउ उत्पादन हुने गरेको छ । साविक जुकोट, वाई, पाण्डुसैन, जगन्नाथ, गोत्री, साप्पाटामा अधिकांशले स्याउ खेती नै गरेका छन् । अघिल्लो वर्षदेखि गौमुल गाउँपालिकामा समेत स्याउ उत्पादन हुन थालेका छन् ।  

४८५ हेक्टर क्षेत्रफलमा स्याउ खेती गरिएको छ । त्यो मध्ये १७० हेक्टरमा स्याउ उत्पादन नै हुने गरेको छ । तीन वर्षको अवधीमा १ लाख ५० हजार बढी नयाँ स्याउका बोटहरु रोपिएका छन् । ती बोटहरुले फल दिन सुरु गरे उत्पादन दोब्बरले वृद्धि हुने अवस्था छ । 

तीन वर्ष पहिला देखि नै स्वामिकात्र्तिक खापर गाउँपालिकामा कोल्ड स्टोर निर्माण थालिएको हो । ३५ लाख बराबरको बजेट खर्च गरेर २ वटा स्वामिकात्र्तिक खापर गाउँपालिकामा स्याउ प्रसोधन केन्द्र भवन निर्माण समेत भएका छन् । तर प्रयोगमा नहुँदा थप समस्या देखिएको छ ।

स्याउ किसानले ए ग्रेसकै स्याउ ५० रुपैया प्रति केजी विक्री गरिरहेका छन् । बि ४० र सि ३० रुपैयासम्म पनि विक्री गर्ने गरिएको छ । तर त्यही स्याउ बजार पुग्दा छुन नसक्ने मुल्यको छ । सडक समस्याकै कारण बारीमा ५ रुपैया दाना पर्ने स्याउ बजारमा २५ रुपैया तिर्नु पर्ने बाध्यता छ । 



बुधबार २२, भदौ २०७९ ०७:५० मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.