अनेमसंघ बाजुराले मार्तडीमा तीज बिशेष कार्यक्रम गर्ने

नजिक न्युज संवाददाता    

अनेमसंघ बाजुराले मार्तडीमा तीज बिशेष कार्यक्रम गर्ने

बाजुरा : अखिल नेपाल महिला संघ बाजुराले तीज बिशेष कार्यक्रम गर्ने भएको छ । नेकपा एमाले निकट महिलाहरुको संगठन अनेमसंघले हिन्दु नारीहरुको महान पर्वको अवसरमा तीज बिशेष कार्यक्रम आयोजना गर्न लागेको हो । 

अनेमसंघले हरेक वर्षको तीजमा तीज बिशेष कार्यक्रम गर्दै आएको छ । महिलाहरु बीचको आपसी सहकार्य, आत्मियता बढाउन र हार्दिकताका लागि तीज बिशेष कार्यक्रम गर्ने गरेको अध्यक्ष कोपीला सिंहले बताएकी छन् । 

तीज बिशेष कार्यक्रम नेकपा एमाले बाजुराको सभा हलमा आयोजना गर्न लागिएको अनेसंघ बाजुराकी उपसचिव दुर्गा थापाले जानकारी दिएकी छन् । विहान १० बजेबाट कार्यक्रम सञ्चालन गरिने र सोही अवसरमा जनप्रतिनिधीलाई समेत बधाई तथा सम्मान गर्ने कार्यक्रम राखिएको छ ।



बिहिबार ०९, भदौ २०७९ ०८:३० मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.