बाजुरामा पी फाईजर खोप लगाउन सुरु

नजिक न्युज संवाददाता    

बाजुरामा पी फाईजर खोप लगाउन सुरु
मालिका नमुना माविमा पी फाइजर खोप लगाउँदै स्वास्थ्य कर्मी ।

बाजुरा : बाजुरामा कोरोना महामारी विरुद्धको पी फाइजर खोप लगाउन सुरु गरिएको छ । जिल्लाका नौ वटा स्थानीय तहका ५ वर्ष देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई पी फाइजर खोप लगाउन सुरु गरिएको हो । खोप अभियान तीन दिनसम्म चल्ने छ । 

भदौ ८ देखि १० गतेसम्म चल्ने खोप अभियानमा २६ हजार बढी बालबालिका लाभान्वित हुने स्वास्थ्य कार्यालय बाजुराका कोल्चेन असिष्टेन्ट प्रदीप बुढाले बताएका छन् । पी फाइजर खोप सेवाबाट कोही नछुटुन भन्ने उदेश्य सहीत सरकारले प्रत्येक विद्यालयमै पुगेर खोप लगाउन थालिएको छ ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जिल्ला स्वास्थ्य कार्यालयको सहजिकरणमा खोप लगाउन लागिएको हो । सम्बन्धीत वडाका स्वास्थ्य चौकी, शहरी स्वास्थ्य केन्द्र, प्राथमिक स्वास्थ्य केन्द्र र बाजुरा जिल्ला अस्पतालका स्वास्थ्य कर्मीलाई समेत अभियानमा खटाइएको छ ।

खोप सहीत स्वास्थ्य कर्मी सम्बन्धीत विद्यालयमा रहने व्यवस्था गरिएको छ । निर्धारित ५ देखि ११ वर्ष उमेर समूहका कोही बालबालिका पनि नछुटुन भन्ने उदेश्य सहीत व्यापक स्वास्थ्य कर्मी परिचालन गरिएको स्वास्थ्य कार्यालय बाजुराले बताएको छ । कोरोना महामारीबाट बच्न बचाउन सरकारले पी फाइजर खोप अभियान थालेको हो ।



बुधबार ०८, भदौ २०७९ ०८:०५ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.