डडेल्धुरा: डडेल्धुरामा मलामी गएका एकजना सेती नदीमा बेपत्ता भएका छन्। जिल्लाको अमरगढी नगरपालिका वडा नम्बर ९ पनौलीका ५० वर्षीय चेतबहादुर साउद डोटीको शिखर नगरपालिका वडा नम्बर १० गहनानस्थित सेती नदीमा बेपत्ता भएका हुन्।
बेपत्ता साउदको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक डिएसपी मनोहरप्रसाद भट्टले बताए। अहिले त्यहाँ सशस्त्रको टोली खटिएको छ।
उनी जिल्लाको अमगरगढी नगरपालिका वडा नम्बर १० मा रहेको सहश्रलिंग माविमा कार्यरत लेखापाल भक्तबहादुर साउदको मलामी गएका थिए। लेखापाल साउदको आज विद्यालयमै मृत्यु भएको थियो।
आज बिहान विद्यालय पुगेपछि अचानक रिँगटा लागेर ढलेका ३० वर्षीय लेखापाल साउदको अस्पताल नपुगाउँदै मृत्यु भएको थियो।
प्रतिकृया दिनुहोस