एमबीबीएस डाक्टर पाएपछि गौमुलवासी खुसि

प्रमित वि‌क‌    

एमबीबीएस डाक्टर पाएपछि गौमुलवासी खुसि

बाजुरा: घट्मुना आधारभूत स्वास्थ्य केन्द्रमा एमबीबीएस डाक्टर आएपछि बाजुराको गौमुल गाउँपालिकाका स्थानीयले गाउँमा स्वास्थ्य सेवा पाउन थालेका छन् ।

गाउँपालिकाको केन्द्रमा सञ्चिालित आधारभूत स्वास्थ्य केन्द्रमा अहिले विरामीकाे संख्यामा वृद्धी हुन थालेकाे छ । एमबीबीएस डाक्टर सहीतको स्वास्थ्य सेवा उपलब्ध भएपछि स्वास्थ्य केन्द्रमा बिरामीहरु उपचारका लागि आउन थालेका हुन् । 

सामान्य उपचारका लागि बाहिर जानुपर्ने बाध्यता अहिले गौमुल गाउँपालिकाका स्थानीयको समस्या हटेको छ । स्वास्थ्य चौकीमा एमबीबीएस डाक्टर सहितको सेवा प्रदान भएपछि त्यहाँका नागरिकलाई राहत पुगेको छ । सामान्य उपचारका लागि पनि करिब १ दिनको पैदल यात्रा गरेर जिल्ला सदरमुकाम मार्तडीमा जानुपर्ने बाध्यता स्थानीय सरकारले हटाईदिएको छ ।

भौगोलिक रुपमा विकट मानिने यहाँका बासिन्दा गम्भीर समस्या भए मात्र स्वास्थ्य चौकी वा अस्पतालसम्म पुग्छन् । प्रायजसो सामान्य उपचारका लागि पनि एक÷दुई दिन लगाएर अस्पतालसम्म पुग्नुपर्ने बाध्यता कतिपय विकट गाउँका बासिन्दाको पीडा नै हो । हिड्न बढी लाग्ने, आर्थिक अवस्था कम्जोर र गाउँको स्वास्थ्य चौकीमा विषशेज्ञ डाक्टर नहुँदा रोग पालेरै बस्ने गर्दछन् दुर्गका नागरिक ।

No description available.सामान्य अवस्थामा सकभर घरेलु औषधी गर्ने र नभए सहेरै बस्नु पर्ने बाध्यता उनीहरुको छ । यसलाई मध्येनजर गरी बाजुराको गौमुल गाउँपालिकाले घट्मुना आधारधूत स्वास्थ्य केन्द्रमा एमबीबीएस डाक्टर सहितको स्वास्थ्य सेवा सञ्चालनमा ल्याएको हो ।

अस्पतालमा एमबीबीएस डाक्टर आएपछि गौमुलका स्थानीयले गाउँमै स्वास्थ्य सेवा पाउन थालेका छन् । अहिले ओपीडी सेवा, इर्मेजेन्सी सेवा, एक्सरे सेवा, रगत, दिसा पीसाब, चेकजाँच, प्रयोगशाल र इसीजी सेवा उपलब्ध छ । १७ बेड भर्ना सहितको सेवा समेत उपलब्ध रहेको छ ।

अस्पतालमा गम्भीर बिरामीलाई भर्ना लिएर उपचार गर्ने गरेको छ । एमबीबीएस डाक्टर आसिश शर्मालाई गाउँपालिकाले अस्पतालमा नियुक्ति दिए पश्च्यात स्वास्थ्य सेवा प्रभावकारी बनेको हो । विगत अहेवको भरमा सञ्चालन हुँदै आएको आधारभूत स्वास्थ्य केन्द्रमा हिजोआज विभिन्न रोगको अनुभवि डाक्टर शर्माले सेवा दिईरेका छन् । 

डाक्टर शर्माले गम्भीर बिरामीलाई भर्ना गरी राम्रोसंग निको नहुञ्जेल घर नपठाउने गर्नाले थप त्यहाँका नागरिकलाई सहजता थपिएको छ । डाक्टर शर्माले बिरामीलाई गर्ने माया, ममता, बोली तथा ब्यवहारले निकै आनन्दित हुन्छन् उपचार गर्न आउँने बिरामीहरु । डाक्टरको उपचार गर्दा बोल्नै शैलीले बिरामको महसुस नै नहुने एक उपचार गर्न आउने बिरामीले बताए ।

विगतका वर्षहरुमा सामान्य चोटपटकदेखि अन्य समस्याका बिरामी हुँदा जिल्ला सदरमुकाम मार्तडी र लाखौं रुपैयां खर्च गरे बाहिर जानुपर्ने बाध्यता थियो । अहिले अस्पतालबाट भिडियो एक्सरे, एक्सरे गरी राम्रो चेकजाँच सहीत रिपोर्ट आउँदा निकै खुसी भएको ११ दिन बेड भर्ना भएर निको भएका घर फर्किएका स्थानीय विरमले रोकायाले बताएका छन् ।

स्वास्थ्य केन्द्रमा अहिले गौमुल गाउँपालिकाका मात्र नभएर बडीमालिका नगरपालिका लगायत अन्य स्थानीय तहका नागरिक पनि उपचार लागि आउने गर्दछन् । हामी गरिब मान्छे समयमै कहाँ उपचार पाउन्थ्यों अहिले डाक्टर आएपछि गाउँमै उपचार पाएका छौं । उपचारकै लागि दुई दिन लगाएर मार्तडी जानु पथ्र्यो आजभोली सहज भएको स्थानीय विरमले रोकायाले बताए ।

गाउँपालिकाले सुविधा सम्पन्न स्वास्थ्य केन्द्र बनाईदिएपछि विभिन्न रोगको उपचार गर्ने डाक्टर सहीत स्टार्फ नर्स, ल्याप, एचए, फार्मेसी लागयत १० जना भन्दा बढी कर्मचारी सहीतको जनशक्ति रहेको छ ।

विशेषज्ञ डाक्टर भएपछि लामो समयसम्म उपचार नपाएका बिरामी, दिर्घरोगी, हाडर्जोनी, टिभीका विरामी, दमका बिरामीहरु बढी आउँने गरेको डाक्टर आसिश शर्माले बताएका छन् । यतिबेला मौषम परिवर्तका कारणले रुगाखोकी, टाइडफाइड लागयतका बिरामीहरु बढी आउनु पर्नेमा तर तुलनात्मक रुपमा ती बिरामी कम र दिर्घ रोगका बिरामी बढी आउँने गरेको उनले बताए ।

भौगोलिक रुपमा विकटमा रहेको गौमुल गाउँपालिकामा पछिल्लो समय स्वास्थ्य क्षेत्रमा प्रगति हुँदै गएको छ । स्थानीय जनताको स्वास्थप्रति गौमुल गाउँपालिका सम्वेदनशील बनेको छ ।

जनप्रतिनिधिहरु स्थानीय निर्वाचनको बेला गरेको बाचा एकपछि अर्को पूरा गरिरहेका देखिन्छ । जनताले पनि स्थानीय सरकारले गरको काममा सन्तुष्ट देखिएका छन् ।



बुधबार ०८, भदौ २०७९ ०७:०४ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.