काठमाडौं मलको अनधिकृत संरचनामा महानगरले चलायो डोजर

नजिक न्युज संवाददाता    

काठमाडौं मलको अनधिकृत संरचनामा महानगरले चलायो डोजर

काठमाडौं : काठमाडौं महानगरपालिकाले सुन्धारास्थित काठमाडौं मलमा बनेको अनधिकृत संरचना हटाएको छ । बुधबार बिहान मेयर बालेन्द्र साह (बालेन)को उपस्थितिमा डोजरसहितको टोलीले अनधिकृत संरचना हटाएको हो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख डीआईजी मीरा चौधरीसहितको टोली पनि सो स्थानमा पुगेको छ ।

काठमाडौं मल कर्मचारी सञ्चय कोषको स्वामित्वमा छ । यो भवन भाडामा लिएकाहरुले अनधकिृत रुपमा नक्सा विपरीतका संरचना बनाएर उपयोग गरिरहेको थियो । जसले भूमिगत पार्किङमा समस्या थपेको छ ।



बुधबार ०८, भदौ २०७९ ०३:४१ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.