धनगढीमा मन्त्रालय जाने सडककै ‘हालत खराब’

नजिक न्युज संवाददाता    

धनगढीमा मन्त्रालय जाने सडककै ‘हालत खराब’

धनगढीः धनगढीस्थित ​मुख्यबजारसँग जोडिएको सडक कालोपत्रे नहुँदा सास्ती भएको छ। मालपोत कार्यालय, नापी, भूमिसुधार, वडा प्रहरी कार्यालय, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य कार्यालय, कैलाली उद्योग वाणिज्य संघ लगायतका मुख्य कार्यालय जान प्रयोग हुने सडकमा सास्ती बढेको हो। 

ग्राबेलसमेत नहुँदा वर्षामा हिलो र घाम लाग्दा धुलोको समस्याले हैरानी रहेको स्थानीयले जनाएका छन्। स्थानीयका अनुसार प्रदेश सरकार र स्थानीय तहका विभिन्न कार्यालय जान प्रयोग गर्नुपर्ने उक्त सडक मर्मतका लागि कुनै पनि सरकारले चासो देखाएको छैन। प्रदेशको सामाजिक विकास मन्त्रालय जान पनि यही सडक प्रयोग गर्नुपर्ने हुन्छ। तर, मन्त्रालयले यो सडक मर्मतका लागि चासो नै देखाएको छौ।

तर, संघीय आयोजना कार्यान्वयन ईकाईका निमित्त प्रमुख मोहनराज अवस्थीले सघन सहरी विकास योजना (आरयुडीपी) अन्तर्गत सो सडक पनि परेको र सडक मर्मतको काम सुरु भइसकेको एक मिडियासँग बताएका थिए। निर्माण सम्पन्न हुन केही समय लाग्ने उनको भनाइ छ।

धनगढीको चौराहदेखि कैलाली पुल र चटकपुरको सहिद गेटदेखि क्याम्पस रोडसम्मका सबै सडकको निर्माण कार्य भइरहेको उनले बताए।



बुधबार ०८, भदौ २०७९ ०३:१५ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.