निर्वाचन कार्यालय बाजुराले भदौ १९ भित्र मतदाता अद्यावधिक गरि सक्ने

नजिक न्युज संवाददाता    

निर्वाचन कार्यालय बाजुराले भदौ १९ भित्र मतदाता अद्यावधिक गरि सक्ने

बाजुरा : जिल्ला निर्वाचन कार्यालयले यही भदौ १९ गतेभित्र सबै मतदाताको नामावधी अद्यावधिक गरि सक्ने बताएको छ । निर्वाचन आयोगको सर्कुलर अनुसार नै भदौ १२ गतेदेखि १९ गतेसम्म मतदाता अद्यावधिक र दाबी विरोधको काम सक्ने भएको छ । 

जिल्ला स्थित सरोकारवाला निकायका प्रतिनिधी सहभागि अन्र्तक्रियामा निर्वाचन कार्यालय बाजुराले मतदाता अद्यावधिक र दाबी विरोधको समय तालिका बारे जानकारी गराएको छ । भदौ १२ गतेदेखि नै मतदाता नामावली प्रकाशन सुरु गरिने र भदौ १९ गते अन्तिम नामावली प्रकाशन गर्ने तालिका बनाएको छ ।

मृत्यु भएका, दोहोरो नामावली भएका सबै नागरिकको नामावली हटाएर मतादाता अद्यावधिक गर्ने निर्वाचन अधिकारी नवराज अवस्थीले बताएका छन् । अर्को ठाउँमा नाम सारि भएको, दोहोरो परेको, वा नाम फरक परेको मतदाताले १३ गते नाम दर्ता अधिकारीको कार्यालयमा निवेदन दिनु पर्ने छ ।

१६ गते दोहोरो परेका, मृत्यु भएको सिफारिस भएका वा नाम नै उल्लेख नभएका मतादाताको नाम निवेदन र स्थानीय तहको सिफारिसका आधारमा हटाउने समय तोकेको छ । भने १८ गते निर्वाचन कार्यालयमा नामावली दर्ता सहीत प्रकाशन गर्ने र १९ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिने नाम दर्ता अधिकारी समेत रहेका निर्वाचन कार्यालय प्रमखु नवराज अवस्थीले बताएका छन् ।

मतदाता अद्यावधिक नहुँदा मतदानको दिन विवाद हुने, फर्जि मत खस्ने र दोहोरो नामका कारण मतदानमै भाग लिन नपाउने जस्ता समस्या देखिएकोले तत्काल सच्याउन जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकायाले बताएका छन् । उहाँले स्थानीय तहसँग समन्वय गर्न सुझाव दिएका छन् । 

नेकपा एमाले सचिव भरत थापा, काँग्रेस उपसभापति पदम बडुवाल सहीतका दलका प्रतिनिधीले नामावली फर्जि मत नखस्ने र कोही मतदानबाट वञ्चित नहुने गरि बनाउन सुझाव दिएका छन् । निमित्त प्रमुख जिल्ला अधिकारी लोकेन्द्र विष्टले स्थानीय तहले सहयोग गर्नु पर्ने बताएका छन् ।

जिल्ला प्रशासन कार्यालयमा आयोजना गरिएको कार्यक्रममा दलका प्रतिनिधी, सुरक्षा निकायका प्रमुख कार्यालय प्रमुख र सञ्चार कर्मी सहभागि थिए । निर्वाचनको मिति नजिकिएसँगै निर्वाचन कार्यालयले गतिविधी बढाएको छ । २०७९ मंसिर ४ गतेको निर्वाचनमा मंसिर ३ गतेसम्म १८ वर्ष पुरा भएका सबैले मतदान गर्न पाउने छन् । अन्र्तक्रियाको सञ्चालन निर्वाचन कार्यालयका सूचना अधिकारी विशाल पुडासैनीले गरेका हुन् ।



मङ्गलबार ०७, भदौ २०७९ ०८:४२ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.