बडीमालिकामा ३ हजार बढी बालबालिकालाई फाइजर खोप लगाईने

नजिक न्युज संवाददाता    

बडीमालिकामा ३ हजार बढी बालबालिकालाई फाइजर खोप लगाईने

बाजुरा: जिल्लाकाे बडीमालिका नगरपालिकामा बालबालिकालाई फाइजर खोप लगाईने भएको छ । नगरपालिकाका ३ हजार ३० बालबालिकालाई कोभिड–१९ विरुद्ध फाइजर खोप लगाईने भएको हो ।

यहि भदौ ८ गतेदेखि १० गतेसम्म नगरपालिकाका ९ वटै वडाका ५ वर्षदेखि ११ वर्षसम्मका बालबालिकालाई फाइजजर खोपको पहिलो डोज लगाईने बडीमालिका नगरपालिका स्वास्थ्य शाखा संयोजक टेकबहादुर खड्काले बताएका छन् ।

कोरोना महामारीको नियन्त्रणका लागि बालबालिकालाई फाइजर खोपको पहिलो मात्र लगाउने उनले बताए । सबै वडामा रहेका स्वास्थ्य संस्था र विद्यालयमै पुगेर खोप लगाउने संयोजक खड्काले बताएका छन् ।    

नगरपालिका भित्रका ५ पूरा भई ११ वर्ष पुगेका बालबालिकालाई फाइजर खोप लगाउन नगरपालिकाले प्रत्येक वडामा रहेका स्वास्थ्य संस्थालाई तयारी गर्न आव्हान गरेको छ ।



बिहिबार ०२, भदौ २०७९ ०८:३३ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.