गौमुलले दियो जिल्ला समन्वय समिति प्रमुख रोकायालाई बधाई

नजिक न्युज संवाददाता    

गौमुलले दियो जिल्ला समन्वय समिति प्रमुख रोकायालाई बधाई

बाजुरा: गौमुल गाउँपालिकाले जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकायालाई बधाई तथा शुभकामना व्यक्त गरेको छ ।

गौमुल गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाको अध्यक्षतामा एक कार्यक्रमको आयोजना गरी जिल्ला समन्वय समिति प्रमुख रोकायालाई बधाई तथा शुभकामना व्यक्त गरिएको गाउँपालिका प्रवक्ता देवबहादुर रोकायाले बताएका छन् ।

साउन ८ गते सम्पन्न निर्वाचनबाट जिल्ला समन्वय समिति बाजुराको प्रमुखमा नेकपा एमालेबाट तुलसीराम रोकाया र उप्रुमुखमा लाछु सार्की निर्वाचित हुनुभएको थियो । प्रुमखमा रोकायाले गौमुल गाउँपालिका ६ नम्बर वडामा सदस्य पदमा समेत जितेका थिए ।

समन्वय प्रमुखमा निर्वाचितपछि पहिलो पटक गृहपालिकामा गएपछि उनलाई गाउँपालिकाको केन्द्र घट्मुनामा बधाई तथा शुभकामना व्यक्त गरिएको हो । 

No description available.बधाई कार्यक्रममा समन्वय प्रमुख रोकायाले आफू सधै जनताको हित हुने गरि जनताको सेवक भएर काम गर्ने बताएका छन् । उनले जिल्लाको समग्र विकासका लागि सबैसंग सहकार्य गर्नेमा पनि जोड दिनुभएको छ ।

त्यस्तै रोकायाले आफूलाई यहाँसम्म पुर्याउँन सहयोग गर्ने गौमुल वासीप्रति धन्यवाद सहीत खुसी व्यक्त गरेका छन् ।

गौमुल गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाको  अध्यक्षतामा सञ्चालन भएको बधाई तथा शुभकामना कार्यक्रमको प्रमुख अतिथि समन्वय प्रमुख तुलसीराम रोकाया रहनु भएको थियो । भने अतिथिमा उपाध्यक्ष सीता थापा र निमित्त प्रमुख प्रशासकीय अधिकृत जगदिप्रसाद भट्ट रहनु भएको थियो । 

घट्मुनामा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा वडा नं.१ वडाध्यक्ष देबेन्द्र बहादुर रोकाया, २ का वडाध्यक्ष देव बहादुर रोकाया, ३ का वडाध्यक्ष गोरख बहादुर बोहरा, ४ का वडाध्यक्ष अमर बहादुर विक, ५ का वडाध्यक्ष कलक बहादुर सिंह र ६ का वडाध्यक्ष प्रकाश बहादुर रोकाया लगायत गाउँपालिका कर्मचारीहरुले बधाई तथा शुभकामना ज्ञापन गरेको थियो ।

No description available.



बिहिबार ०२, भदौ २०७९ ०७:३३ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.