बाजुरामा कानून विपरित चलाएका सवारी साधन प्रहरी नियन्त्रणमा

नजिक न्युज संवाददाता    

बाजुरामा कानून विपरित चलाएका सवारी साधन प्रहरी नियन्त्रणमा

बाजुरा: बाजुरामा कानून विपरित चलाईका सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराले पक्की तथा कच्ची सडक खण्डमा अवैध रुपमा कानून विपरित सञ्चालनमा रहेका तीन सवारी साधन नियन्त्रण लिएको हो ।

जिल्ला सदरमुकाम अन्र्तगत पर्ने पक्की अथवा अन्य ग्रामीण कच्ची सडकहरुमा रातोमा सेतो अक्षर अंकको नम्बर प्लेट सामावेश गरिएका निजी प्रयोजनका सवारी साधनहरुलाई कानून विपरित सार्वजनिक सवारी साधनका रुपमा प्रयोग भएका तीन सवारी साधनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

सार्वजनिक रुपमा नै यात्रुहरुलाई ओसारपसार गरिरहेको जनगुनासोपछि सवारी साधन नियन्त्रणमा लिईएको हो । कानूनको उलंघन गरी सञ्चालन गरिरहेका बा.६च.६८९० नम्बरको जिप, बा.१६च.२९५९ र ग.३ च.७६०१ नम्बरको जिप नियन्त्रणमा लिई कानून बमोजिक कारवाही गरिएको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिएका सवारी साधनमाथि यातायात ब्यवस्था ऐन २०४९ को परिच्छेद् २ को दफा ६ र ८ को बर्खिलाप गरी कानुन बिपरित कार्य गरेकोले ऐन बमोजिम कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।



बिहिबार ०२, भदौ २०७९ ०१:१८ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.