बाजुराका १९ जना महिलाको गड्डाचौकी र त्रिनगर नाकाबाट उद्धार

नजिक न्युज संवाददाता    

बाजुराका १९ जना महिलाको गड्डाचौकी र त्रिनगर नाकाबाट उद्धार

बाजुरा: बाजुराका १९ जना महिलाहरुको नाकाबाट उद्धार गरिएको छ । कञ्चनपुरको गड्डाचौकी र कैलालीको त्रिनगर नाकाबाट बाजुराका १९ जना महिलाहरुको उद्धार गरिएको हो । 

बाजुराका नौ वटै स्थानीय तहका अधिकाशं महिलाहरु घरको आर्थिक स्थिति निकै कमजोर भएकोले उनीहरु कामको खोजीमा प्रत्येक वर्षमा भारत जाने गर्दछन् ।

बाजुराका १९ जना महिलालाई भारतमा राम्रो काम लगाइ दिने प्रलोभन पार्दै दलालहरुले बिक्री गर्ने उद्देश्यले भारत लिदै गरेको अवस्थामा उद्धार गरिएको शान्ति पुर्नस्थापना गृह कैलाली र गड्डाचौकीले जनाएको छ ।

शान्ति पुर्नस्थापना गृह शाखा कञ्चनपुर गड्डाचौकीका कर्याक्रम संयोजक सञ्चित सिहले, आर्थिक वर्ष २०७८ असार देखि २०७९ साउनसम्म बाजुराका महिलालाई त्रिनगर र गड्डाचौकी सिमानाकाबाट भारत तर्फ लगिरहेको अवस्थामा १९ जना महिलालाई उद्धार गरिएको बताएका छन् ।

उद्धार गरिएका महिलामा घरको आर्थिक स्थिति निकै कम्जोर र एकल महिला रहेको शान्ति पुर्नस्थापना गृहले जनाएको छ ।



बुधबार ०१, भदौ २०७९ ०७:१६ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.