समुदाय प्रहरी साझेदारी बाजुरा जिल्ला समिति गठन

नजिक न्युज संवाददाता    

समुदाय प्रहरी साझेदारी बाजुरा जिल्ला समिति गठन

बाजुरा : प्रहरीले सञ्चालन गरेको समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगतको जिल्ला समन्वय समिति गठन गरिएको छ । कार्यक्रमलाइृ थप प्रभावकारी बनाउने गरि जिल्ला स्तरीय समन्वय समिति गठन गरिएको प्रहरी नायव उपरिक्षक सूर्य थापाले बताएका छन् ।  

जिल्ला समन्वय समिति प्रमुख र सदरमुकाम रहेको पालिकाको प्रमुख सल्लाहकार रहने गरि २७ सदस्यीय जिल्ला समिति गठन गरिएको हो । जुन समितिमा प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारी संयोजक र प्रहरी नायव उपरिक्षक सूर्य थापा सहसंयोजक रहनु भएको छ । 

सामाजिक शान्ति, अमनचयन, सुशासन, विकृति विसंगतिको नियन्त्रण तथा रोकथाम गर्ने उदेश्य सहीत देश व्यापी रुपमा समुदाय प्रहरी साझेदार कार्यक्रम सञ्चालन गरिएको छ । केन्द्रीय प्रहरी कार्यालयकै निर्देशन अनुसार सञ्चालित कार्यक्रमले सुखी नेपाली समृद्ध नेपालको लक्ष्य बोकेर गतिविधी सञ्चालन गर्ने लक्ष्य लिएको छ ।

प्रहरी एक्लैले मात्र समाजको शान्ति सुव्यवस्था कायम गर्न नसक्ने र सबै पक्षलाई संगै लिएर जाँदा थप प्रभावकारी र समाजका सबै पक्षको सम्मानजनक सहभागि रहने भएकोले समिति गठन गर्ने अवधारणा अघि सारिएको हो ।

महिनाको एक पटक अनिवार्य बैठक बस्ने गरि गठन गरिएको समितिमा जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकाया र बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्का सल्लाहकार रहेका छन् । समिति जिल्ला पछि पालिका र वडामा पनि गठन गर्ने प्रावधान रहेको छ ।

जिल्ला स्तरीय समितिमा प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारी संयोजक र प्रहरी नायव उपरिक्षक सूर्य थापा सहसंयोजक हुनु हुन्छ भने प्रहरी निरीक्षक गिन्द्र बहादुर बोगटी सदस्य सचिव रहेका छन् । 

समितिको सदस्यमा बडीमालिका ९ का अध्यक्ष सूर्यकिरण विक, ८ का अध्यक्ष चन्द्रबहादुर थापा, ६ का अध्यक्ष कृष्ण खड्का, उद्योग वाणिज्य संघका अध्यक्ष देवबहादुर रोकाया गैह सरकारी संस्थाका अध्यक्ष कृष्ण अधिकारी, पत्रकार महासंघका उपाध्यक्ष पदम सिंह, रेडियो बाजुराका स्टेशन प्रबन्धक कृष्ण ओली छन् ।

यस्तै पीसविनका टेकबहादुर थापा, सामुदायिक प्रहरी सेवा केन्द्रका काल्चे दमाइ, रेडियो पौरखीका स्टेशन प्रबन्धक रामबहादुर दानी, मालिका माविका प्राचार्य शुभराज पाध्याय, जिल्ला अस्पतालका प्रमुख डाक्टर मिलन जोशी, ओसीएमसीका कल्पना शाह, सामाजिक बाल मनोविमर्स कर्ता सीता थापा छन् ।

यस्तै नागरिक समाजका शिवलाल जैशी, माया खड्का, रेडक्रम सभापति रमबहादुर शाही, वडा सदस्य गोरखबहादुर विष्ट, बाल क्लबका शेरबहादुर रावल, बाणिज्य बैंकका प्रबन्धक टिकाराम बुढा, पूर्व प्रहरी गंगबहादुर बोहरा, समाज सुधार युवा क्लबका अध्यक्ष प्रेम नेपाली सहीत छन् ।

समितिले मासिक बैठक बस्ने र जिल्लाको शान्ति सुरक्षालाई थप बलियो बनाउने रणनीति सहित अघि बढ्ने निर्णय गरिएको छ । प्रहरी र समुदाय बीचको सम्बन्धलाई थप बलिया र निकट बनाउन समितिले महत्वपूर्ण भूमिका खेल्ने जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकायाले बताएका छन् ।

सबैको उदेश्य समाज बनाउने भएकोले समाजको शान्ति सुरक्षा र विकासमा समितिमा समेटिएका सबै जिम्मेवार र प्रभुत्व वर्गले समन्वयकारी भूमिका निर्वाह गर्नु पर्ने प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताएका छन् । 

समुदाय स्तरमा पुगेर नागरिक र प्रहरी बीचको सम्बन्ध बलियो बनाउनु पर्ने बडीमालिकाका नगर प्रमुख अमर खड्काले सुझाव दिएका छन् । जिल्लाको अवैध मदिरा, लैगिंक हिंसा, किशोर किशोरीमा देखिएको छाडापन र लागुऔषध दुव्र्यसनी प्रमुख समस्या भएकोले बिशेष ध्यान दिनु पर्ने बारे छलफल गरिएको छ । 



मङ्गलबार ३१, साउन २०७९ ०७:१० मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.