बाजुराको रानी समुदायिक वनमा चितुवा मृत फेला

नजिक न्युज संवाददाता    

बाजुराको रानी समुदायिक वनमा चितुवा मृत फेला

बाजुरा: बाजुरामा चितुवा मृत अवस्थामा फेला परेको छ । जिल्लाको खप्तड छेडेदह गाउँपालिका–१ स्थित रानी सामुदायिक वन क्षेत्रमा चितुवा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । 

चितुवा मृत देखिपछि खप्तड छेडेदह गाउँपालिका कार्यपालिका सदस्य सृजना विकले टेलिफोन मार्फत प्रहरीलाई जानकारी गरेकी थिइन् ।

जानकारी पछि जिल्ला प्रहरी कार्यालय बाजुराको प्रहरी टोली गएर खप्तड राष्ट्रिय निकुञ्जसंग समान्वय गरी मृत चितुवा निकुञ्जबाट आएको टोलीलाई बुझाएको प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले बताएका छन् । 

मृत अवस्थामा फेला परेको चितुवाको लम्बाई ६ फिट २ ईन्च र चौडाई ४ ईच्त रहेको थापाले बताए ।
 



मङ्गलबार ३१, साउन २०७९ ०५:४८ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.