बाजुरा प्रहरीद्धारा गाँजा फडानी

नजिक न्युज संवाददाता    

बाजुरा प्रहरीद्धारा गाँजा फडानी

बाजुरा : जिल्ला प्रहरी कार्यालय बाजुराले अवैध उम्रेको गाँजा नष्ट गरेको छ ।

 बाजुरा जिल्लाको बडीमालिका नगरपालिका–९ मार्तडी बजार छेउछाउँमा प्राकृतिक रुपमा उम्रेको गाँजा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । 

बाजुरा प्रहरीले अवैध रुपमा रहेको गाँजा प्रयोग नहोस् भनेर प्रहरी नायव निरीक्षक कलबहादुर साउँदको प्रहरी टोलीले सोमबार २ रोपनी बराबर मार्तडी बजार आसपासको जमिनमा प्राकृतिक रुपमा आफैं उम्रेको अवैध गाँजा फडानी गरी नष्ट गरिएको प्रहरी नायव उपरीक्षक साउँदले बताएका छन् ।

वर्षेनी बाजुराका विभिन्न स्थानहरुमा गाँजा ठुलो मात्रामा आफैं उम्रने गर्दछ । प्राकृतिक रुपमा आफैं उम्रेको गाँजा प्रहरीको सक्रियतामा फडानी गरी नष्ट गरिन्छ ।

गाउँघर, सडक आसपासमा गाँजा फैलिएको सूचना प्रहरीले पाएपछि समुदायसँग सहकार्यमा प्रहरीले फडानीसहित नष्ट गर्ने गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । 
 



सोमबार ३०, साउन २०७९ ०७:२५ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.