डाक्टर आसिश शर्माले बडीमालिकामा धेरै गम्भीर बिरामीको ज्यान बचायो

नजिक न्युज संवाददाता    

डाक्टर आसिश शर्माले बडीमालिकामा धेरै गम्भीर बिरामीको ज्यान बचायो

बाजुरा : बडीमालिका पाटनमा डाक्टर आसिश शर्माले धेरै बिरामीको ज्यान बचाएका छन् । बडीमालिका मन्दिरमा स्वास्थ्य शिविर सञ्चालन गरेर लेक लागेर श्वासप्रश्वासमा समस्या र अक्सिजनको कमी भएका बिरामीहरुको डाक्टर शर्माले ज्यान बचाएका हुन् । 

गौमुल गाउँपालिका उपाध्यक्ष सीता थापाको नेतृत्वमा धार्मिक आस्थाको धरोहर बडीमालिकाको दर्शन गर्न गएका भक्तजनहरुको डाक्टर आशिस शर्मा सहित चिकित्सकको टोलीले स्वास्थ्य शिविरमा धेरै गम्भीर बिरामीको उपचार गरेको उपाध्यक्ष सीता थापाले बताएकी छन् ।

प्रसिद्ध धार्मिक स्थल बडीमालिकाको दर्शन गर्न पुगेर बिरामी भएका भक्तजनलाई डाक्टर शर्माले आफ्नो ज्यान जोखिममा राखेर भएपनि चेकजाँच सहित उपचार गरेको थापाले बताईन् । स्वास्थ्य शिविरबाट २ सय भन्दा बढी तिर्थालुले सेवा लिएको डाक्टर आसिश शर्माले बताएका छन् । 

डाक्टर शर्माले बडीमालिकामै चार जना जटिल खालका बिरामीको समेत उपचार गरेका छन् । गम्भीर बिरामी तीनलाई आफूसंग उपलब्ध औषधिले बडीमालिकामै ठिक गरेको डाक्टर शर्माले बताए । डाक्टर शर्माले ती मध्ये सिगिस्त बिरामी अमृत थापाको पनि बडीमालिकामा उपचार गरेर ज्यान बचाएका छन् । 

हाई अल्टिच्युड सिकनेसका बिरामी रहेका थापालाई डाक्टर शर्माको ठुलो प्रयासपछि ज्यान बचेको त्यहाँ स्वास्थ्य शिविरमा खटिएका स्वास्थ्यकर्मीले बताएका छन् । शर्माकै नेतृत्वको टोलीे सिगिस्त बिरामी थापालाई उपचार गर्दा गर्दै ज्यान बचाएर बडीमालिकाबाट बोकेर नाटेश्वरी पुर्याएको थियो ।

थापालाई बडीमालिकाबाट सुरक्षाकर्मीको सहयोगमा नाटेश्वरी पुर्याएको र लगत्तै थप उपचारका लागि बयालपाट अस्पतालमा पठाएको डाक्टर शर्माले बताएका छन् । उनको थप उपचार बयालपाटा अस्पतालमा भईरहेको र स्वास्थ्यमा समेत सुधार भईरहेको उनले बताए । अन्तिम अवस्थामा पुगेका उनी डाक्टर शर्माको हातमा परेपछि नयाँ जीवन पाएका हुन् । 

उनले भने बाटोमा रुगा खोकी, झाडापखाला, लेक लाग्ने, लेक लागेर अक्सिजनको कमी भएर श्वास फेर्न गरो हुने बिरामीहरुको उपचार गर्दै गयौं र आयौं पनि । जिल्ला सदरमुकाम मार्तडीबाट चार दिन पैदल यात्रापछि पुगिने बडीमालिकामा लेक लागेर अक्सिजनको कमी हुने गर्दछ । यो वर्ष भने चिकित्सक सहितको स्वास्थ्य शिविर सञ्चालनले सहज भएको बडीमालिकाबाट फर्किनेहरुले बताएका छन् । 

थोरै गारो हुना साथ स्वास्थ्यकर्मीलाई देखाउने र सल्लाहअनुसार औषधि सेवनले विगतका वर्षभन्दा यो वर्ष बडीमालिका यात्रा सहज भएको कतिपय भक्तजनहरुले बताएका छन् । विगतको वर्ष भन्दा यो वर्ष धेरै पर्यटकले भ्रमण तथा बडीमालिका माताको दर्शन गरेको पुजारीले बताएका छन् । 



शनिबार २८, साउन २०७९ ०८:०४ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.