बडीमालिकामा स्वास्थ्य शिविरः डाक्टर शर्माले गरे २ सय भन्दा बढी तीर्थालुको उपचार

नजिक न्युज संवाददाता    

बडीमालिकामा स्वास्थ्य शिविरः डाक्टर शर्माले गरे २ सय भन्दा बढी तीर्थालुको उपचार

बाजुरा : बडीमालिका माताको दर्शन गर्न गएका तीर्थालुको डाक्टर गयीत्री प्रसाद शर्मा (आसिशले) उपचार गरेका छन् । धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिका पाटनमै स्वास्थ्य शिविर सञ्चालन गरेर २ सय भन्दा बढी लेक लागेका र अन्य सामान्य विरामीको चेकजाँच सहीत उपचार गरेका छन् ।

सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक स्थल बडीमालिकाको दर्शन गर्न पुगेका भक्तजनलाई डाक्टर शर्माले आफ्नो ज्यान जोखिममा राखेर भएपनि चेकजाँच सहित उपचार गरेका हुन् ।

गौमुल गाउँपालिकाको आयोजना र उपाध्यक्ष सीता थापाकोे नेतृत्वमा बडीमालिका पुगेर एमबीबीएस डाक्टर सहितकोे स्वास्थ्य शिविर सञ्चालन गरेको हो । उक्त शिविरमा लेक लागेर स्वास्थ्यमा समस्या भएका विरामीले परामर्श लिनुका साथै उपचार गरेका थिए । 

बडीमालिका भ्रमण र दर्शन गर्न जाने भक्तजनलाई लेक लागेर स्वास्थ्यमा समस्या तथा विरामी पर्ने सम्भावनालाई मध्येनजर गरी घट्मुना आधरभूत अस्थायी अस्पतालमा कार्यरत डाक्टर गयीत्री प्रसाद शर्मा सहित ५ जना स्वास्थ्यकर्मी सहीतको बडीमालिकामा स्वास्थ्य शिविर सञ्चालन गरेको उपाध्यक्ष सीता थापाले बताएकी छन् ।

बडीमालिकामै चार जना जटिल खालका विरामीको उपचार गरेको डाक्टर गयीत्री प्रसाद शर्मा (आसिश) ले बताएका छन् । ती मध्ये तीन जना उपचारपछि निको भएका थिए ।

उनले भने बाटोमा रुगा खोकी, झाडापखाला, लेक लाग्ने, लेक लागेर अक्सिजनको कमी भएर श्वास फेर्न गरो हुने विरामीहरुको उपचार गर्दै गयौं र आयौं पनि । चार जना सिगिस्त विरामी मध्ये तीन जना विरामीलाई आफूसंग उपलब्ध औषधिले बडीमालिकामै ठिक गरेको डाक्टर शर्माले बताए । ती मध्ये अक्सिजनको कमीले गर्दा अतिसिगिस्त विरामी भएका अर्का एक जनालाई पनि ठुलो प्रयासका साथ बचाउन सफल भएको उनले बताए ।

No description available.उनकै नेतृत्वको टोलीे सिगिस्त विरामीको उपचार गर्दा गर्दै ज्यान बचाएर बडीमालिकाबाट बोकेर नाटेश्वरी पुर्याएको थियो ।  बडीमालिकाबाट सुरक्षाकर्मीको सहयोगमा नाटेश्वरी पुर्याएको र लगत्तै थप उपचारका लागि बयालपाट अस्पतालमा पठाएको डाक्टर शर्माले बताएका छन् ।

सिगिस्त विरामीको बयालपाटा अस्पतालमा उपचार भईरहेको र स्वास्थ्यमा समेत सुधार भईरहेको उनले बताए । अन्तिम अवस्थामा पुगेका उनी डाक्टर शर्माको हातमा परेपछि नयाँ जीवन पाएका हुन् । 

जिल्ला सदरमुकाम मार्तडीबाट चार दिन पैदल यात्रापछि पुगिने बडीमालिकामा लेक लागेर अक्सिजनको कमी हुने गर्दछ । यो वर्ष भने चिकित्सक सहितको स्वास्थ्य शिविर सञ्चालनले सहज भएको बडीमालिकाबाट फर्किनेहरुले बताएका छन् । थोरै गारो हुना साथ स्वास्थ्यकर्मीलाई देखाउने र सल्लाहअनुसार औषधि सेवनले विगतका वर्षभन्दा यो वर्ष बडीमालिका यात्रा सहज भएको कतिपय भक्तजनहरुले बताएका छन् ।

विगतको वर्ष भन्दा यो वर्ष धेरै पर्यटकले भ्रमण तथा बडीमालिका माताको दर्शन गरेको पुजारीले बताएका छन् । देशकै चर्चीत धार्मिक तथा पर्यटकीय महत्व बोकेको बडिमालिका समुन्द्री सतहबाट ४ हजार २ सय १९ मिटर उचाइमा रहेको छ । बडिमालिका क्षेत्र धार्मिक मात्र नभई जैविक विविधता, बन्यजन्तु, जडिवुटी, तथा वाताबरणीय दृष्टीकोणले विषेश महत्व रहेको छ ।



शनिबार २८, साउन २०७९ ०५:५६ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.