बाजुरामा करेन्ट लागेर घाइते भएका रावलको मुत्यु

नजिक न्युज संवाददाता    

बाजुरामा करेन्ट लागेर घाइते भएका रावलको मुत्यु

बाजुरा : करेन्ट लागेर घाइते भएका बाजुराको बडीमालिका नगरपालिका–८ का भक्तबहादुर रावलको मुत्यु भएको छ । थप उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा दैलेखमा भएको हो ।  

नेपाल विद्युत प्राधिकरण जिल्ला शाखा बाजुराका कर्मचारी समेत रहेको रावललाई विहीबार बुढीगंगा नगरपालिकामा विद्युतको लाइन चेक गर्न पोलमा चढेको बेला करेन्ट लागेर गम्भीर घाइते भएका थिए ।

 घाइते रावललाई उपचारका लागि बयालपाट अस्पतालमा लगिएका थियो । बयालपाट अस्पताल उपचार सम्भव नभएपछि उनलाई नेपालगञ्ज रिफोर गरेको थियो । उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा बयालपाट अस्पतालबाट १२ किलोमिटर टाढा मुत्यु भएको बताईएको छ ।



शुक्रबार २७, साउन २०७९ १०:०० मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.