बडीमालिकाको प्रर्वद्धन गर्न पर्यटन बोर्डमा पत्रकार सम्मेलन

नजिक न्युज संवाददाता    

बडीमालिकाको प्रर्वद्धन गर्न पर्यटन बोर्डमा पत्रकार सम्मेलन
पर्यटन बोर्डमा आयोजित पत्रकार सम्मेलन ।

बाजुरा :  बडीमालिका क्षेत्रको प्रवद्र्धन गर्न बडिमालिका नगपालिकाले नेपाल पर्यटन बोर्डमै पत्रकार सम्मेलन गरेको छ । नगरपालिकाले सुरु गरेको बडीमालिका यात्रा वर्ष २०७९ बारे जानकारी दिन सम्मेलन आयोजना गरेको नगर प्रमुख अमर खड्काले बताएका छन् ।  

बडीमालिकाको प्रवद्र्धन र यात्रा वर्षको २०७९ प्रचार प्रसारका लागि पर्यटन बोर्डकै पदाधिकारी राखेर पत्रकार सम्मेलन गरिएको हो । बडीमालिका सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्य रुपमा परिचित छ । 

धार्मीक आस्थाको धरोहर बडिमालिका क्षेत्रमा लाग्ने पर्वको अवसर पारी बडीमालिका नगरपालिकाले यात्रा वर्ष अभियान नै सुरु गरेको छ । बडीमालिकामा जनैपूर्णिमाको अघिल्लो दिन साउने चर्तुदर्शीमा मेला लाग्ने गर्दछ । यो वर्ष साउन २६ गते बडीमालिका क्षेत्रमा पूजा लाग्नेछ । 

बडीमालिका यात्रा पर्यटन बर्ष २०७९ लाई व्यापक बनाउने उदेश्य सहीत काठमाडौमै पत्रकार सम्मेलन गरिएको नगर प्रमुख अमर खड्काले बताएका छन् । पर्यटन विकासका लागि राज्यकै प्रतिनिधीका रुपमा काम गर्ने नेपाल पर्यटन बोर्डलाई समेत यात्रा वर्ष बारे जानकारी दिन र बडीमालिका क्षेत्रको बिशेषता जानकारी गराउन बाजुराबाटै काठमाडौ पुगेर सम्मेलनको आयोजना गरेका हौं, यसले राम्रो सन्देश दिन नगर प्रमुख खड्काले भन्नु भयो ।

सम्मेलनमा पर्यटन बोर्डका बरिष्ठ निर्देशक हिक्मत सिहं ऐर सहीत पर्यटन व्यवसायी सहभागि थिए । बरिष्ठ निर्देशक ऐरले बडीमालिका क्षेत्रले सिंगो सुदूरपश्चिम चिनाउन मद्दत पुगेको बताएका छन् । बडीमालिका धार्मीक आस्थाको मात्र क्षेत्र नभई प्राकृतिक सुन्दरताले पनि भरिएको स्थल भएकोमा ऐरले पं्रशसा गरेका छन् ।

पत्रकार सम्मेलनमा बडीमालिका नगरपालिकाका प्रमुख अमर खड्काले संभावना भएर पनि राज्यको तर्फबाट संरक्षण र प्रपवद्र्धन हुन नसक्नु दुखत विषय भएको बताएका छन् । बडीमालिका प्राकृतिक सुन्दरताले सुदूरको स्वर्ग नै हो, धार्मीक आस्थाको धरोहर हो, भारतसम्मका नागरिकले भक्तिभाव राख्ने गर्छन्, तर नेपाल सरकारकै तर्फबाट कुनै पहल र प्रयास छ्रैन्, यही गुनासो सुनाउन काठमाडौं पुगेको, खड्काले भन्नु भयो ।

तत्कालिन राजा महेन्द्र, वीरेन्द्र र वर्तमान राष्ट्रपती विद्यादेवी भण्डारी समेतले अवलोकन तथा भ्रमण गरेका छन् । तर त्यसको बजारीकरण र प्रचारमा राज्यको लगानी शुन्य छ । त्यसकै प्रचार प्रसार गर्न, बडीमालिका क्षेत्रको बिशेषता दुनियाँसामु पस्कीन योवर्ष बडीमालिका नगरपालिकाले यात्रा वर्षका रुपमा मनाउन लागेको नगर प्रवक्ता धर्मराज पाध्यायले बताएका छन् ।

बडीमालिकालाई मुलधारमा ल्याउनु र बाजुरालाई चिनाउने प्रमुख गन्तव्य बनाउनु नै यात्रा वर्षको लक्ष्य रहेको नगर उपप्रमुख नन्दा कुमारी थापाले बताएकी छन् । पर्यटन बोर्डमा आयोजित पत्रकार सम्मेलनमा सहभागि पर्यटन व्यवसायी र पत्रकारलाई नगरपालिकाले गरिबी र मानव विकासको पुछारमा रहेको जिल्लालाई मुलधारमा ल्याउने क्षेत्रको प्रवद्र्धन र विकासमा योगदान पुग्ने गरि सहयोग गर्न अपिल गरेको छ । 

बडिमालिका समुन्द्री सतहबाट करिब ४ हजार २ सय २७ मीटरको उचाइमा छ । हिउँदका ६ महिना सेताम्य देखिने बडीमालिका बर्षादमा कुहिरोले ढपक्क ढाकिरहेको हुन्छ ।सदैव जसो चिसो सिरेटो चलिरहन्छ । चैत्रदेखि असोजसम्म मात्रै यो पवित्र स्थालमा पुग्न सम्भव हुन्छ । 

 



सोमबार १६, साउन २०७९ ०२:५५ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.