नागरिक सम्मान पुरस्कारबाट गायीका शोभा सम्मानित

नजिक न्युज संवाददाता    

नागरिक सम्मान पुरस्कारबाट गायीका शोभा सम्मानित

बाजुरा : संघर्षको अर्को नाम हो, शोभा थापा । तीनै शोभा थापाको लोकप्रीयता दिनप्रतिदिन बढीरहेको छ । सानै देखि गायनमा रुची राख्ने शोभाले गायनबाटै आफ्नो नाम स्थापित गरेकी छन् । यतिबेला शोभालाई गायन क्षेत्रबाट नाम, दाम र सम्मान मिलेको छ । 

बाजुराको साविक गुदुखाती गाउँ विकास समिति र हाल खप्तड छेडेदह गाउँपालिका ४ मा जन्मेर उनले गीत संगीतको क्षेत्रमा आफ्नो फरक पहिचान स्थापित गरिसकेकी छन् । त्यही संघर्ष र साधनाकै कारण एकपछि अर्को मान सम्मान मिलीरहेको उनी बताउँछीन् । 

सामाजिक रुपान्तरणका लागि नागरिक समाजको १६ औँ वार्षिकोत्सवका अवसरमा पनि शोभालाई सम्मान गरिएको छ । कला, साहित्य, सङ्गीत विधामा योगदान पुर्याए वापत ‘विशेष नागरिक पुरस्कार तथा सम्मान–२०७९’ बाट शोभालाई सम्मान गरिएको हो ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङबाट सामाजिक रूपान्तरणमा विशेष योगदान पुर्याउने व्यक्तित्व तथा राष्ट्रव्यापी प्रतियोगितामा सहभागी हुने प्रतियोगिताका विजेतालाई सो सम्मान तथा पुरस्कार प्रदान गरिएको हो ।

सयैको संख्यामा गीतमा स्वर दिइसकेकी शोभाले आफ्नै जीवन साथीसँग मिलेर गीत संगीतकै प्रवद्र्धन र संरक्षणका लागि बिशेष डिजिटल स्टुडियो पनि सञ्चालनमा ल्याएकी छन् । डेढ दशक लामो समयदेखि नै गीत संगीतमा सक्रिय शोभाले आफूले प्राप्त सम्मान सर्जक र गीत संगीत पारखीहरुको माया कै कारण पाएको बताएकी छन् ।

थापाले विशेष नागरिक पुरस्कार तथा सम्मान–२०७९’द्रारा सम्मानित काम प्रति सबैले बिश्वास गरि झन् हौसला थपिएको भन्दै खुसी व्यक्त गरेकी छन् । शोभा २०६१ साल देखि नै नेपाली गीत संगीत बिशेष गरि देउडा गीत संगीतमा सक्रिय छन् । 



आइतबार ०८, साउन २०७९ ०२:०१ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.