सरसफाईमा युवा क्लबको सक्रियता

नजिक न्युज संवाददाता    

सरसफाईमा युवा क्लबको सक्रियता

बाजुरा : सरसफाईमा युवा क्लबको सक्रियता बढेको छ । समाज सुधार बाल क्लबले सरसफाई अभियान अघिसारेको हो । वडा तथा बजार क्षेत्रको सरसफाई सहीत संकलन गरिएको फोहोरलाई व्यवस्थापन गरेको क्लबका अध्यक्ष प्रेम नेपालीले बताएका छन् । 

भविष्य सोची सुधारौं वर्तमान, स्वच्छ वडा हाम्रो अभियान भन्ने मूल नारालाई आत्मसाथ गर्दै शनिबार बडीमालिका नगरपालिका–९ को ओखलढुङ्गा टोल र मालिक नमुना माध्यमिक विद्यालयको बाहिर क्षेत्रमा सरसफाई गरिएको अध्यक्ष नेपालीले बताए ।

May be an image of 7 people, people standing and outdoorsविद्यालय जाने बाटोमै बढीजसो फोहोर फालेको देखेपछि उक्त बाटोमा रहेको फोहोरलाई संकलन गरी निश्चित ठाउँमा व्यवस्थापन गरिएको छ । वर्षाद सूरु भएपछि हिलाम्मे र बारम्बार विग्रीएको बाटोलाई समेत मर्मत गरेको छ ।

मेरो वडा म बनाउँन छु, मेरो समाज परिवर्तन म गर्छु र समाज परिवर्तन गर्न सबैभन्दा पहिले मान्छे स्वस्थ रहनुपर्छ भन्ने उद्देश्यले सरसफाई गरेको नेपालीले बताएका छन् ।  

२०७८÷१०÷९ गते दर्ता गरेको समाज सुधार युवा क्लब भने समाज परिवर्तनका गर्नका लागि खेलकुद, सांस्कृतिक, नाटक, सरसफाइ जस्ता विभिन्न माध्याम बाट क्लबको आफ्नो छुट्टै पहिचान बनाउन खोजिरहेको छ ।



शनिबार १८, असार २०७९ ०७:२९ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.