बाजुरामा ४ दिने पत्रकारिता तालिम सकियो

नजिक न्युज संवाददाता    

बाजुरामा ४ दिने पत्रकारिता तालिम सकियो

बाजुरा : नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराको आयोजनामा संचालन गरिएको ४ दिने पत्रकारिता तालिम समापन भएको छ । असार १५ गतेदेखि संचालन भएको तालिम आज समापन भएको हो ।

बडीमालिका नगरपालिकाको सहयोग र पत्रकार महासंघको आयोजनामा क्षमता अभिवृद्धि र जिल्लामा व्यवसायिक रुपमा पत्रकारितालाई स्थापित गर्न तालिमको आयोजना गरिएको नेपाल पत्रकार महासंघका अध्यक्ष छक्क बहादुर मल्लले बताएका छन् ।

प्रेस स्वतन्त्रता व्यवसायिक पत्रकारिता भन्ने मूल नारासहित ४ दिनसम्म संचालन भएको तालिमको प्रशिक्षण सामुदायिक सूचना नेटवर्क (सीआईएन)का सह–सम्पादक लिल प्रकाश चन्दले गर्नु भएको हो ।

जिल्ला भरीका पत्रकारिता पेशामा रुचि राख्ने र सञ्चार माध्यममा कार्यरत संचारकर्मीलाई तालिम दिईएको पत्रकार महासंघका उपाध्यक्ष पदम सिंहले बताएका छन् । पत्रकारिता पेसालाई इमान्दार रुपमा अगाडी बढाउन मिसन पत्रकारिताको थालनि गर्नुपर्ने तालिममा सहभागीहरुले बताएका छन् ।

समापन कार्यक्रममा बोल्दै बडीमालिका नगरपालिका नगर प्रमुख अमर बहादुर खड्काले तालिमको भरपुर उपयोग गरी व्यवसायिक पत्रकारितालाई अगाडी बढाउँन आग्रह गर्नु भएको छ । पत्रकारितालाई व्यवसायिक रुपमा स्थापित गर्न र संस्थागत विकासका लागि बडीमालिका नगरपालिकाले नीति तथा कार्यक्रममा समेत राखेको खड्काले बताए ।

No description available.पत्रकारिता तथा सञ्चार क्षेत्र समाज परिवर्तनको महत्वपूर्ण अंग भएकाले अनियमितता रोक्ने कार्यमा उत्तिकै भूमिका रहेका उनले बताए । व्यक्तित्व विकास र क्षमता अभिवृद्धिले समाजलाई सकारात्मक परिवर्तन आउने विश्वस गरिएको छ ।

त्यस्तै बडीमालिका नगरपालिका उपप्रमुख नन्दा कुमारी थापाले आफू पनि पत्रकिरता क्षेत्रबाट उदाएको बताउँदै आगामी दिनमा पनि पत्रकारको क्षमता अभिवृद्धिका लागि विभिन्न तालिम तथा कार्यक्रमहरु संचालन गर्ने बताएकी छन् । आफ्नो पालमा महिला पत्रकार खोज्नु पर्ने अवस्थालाई  स्मरण गदै पछिल्लो समय महिला पत्रकारहरु धेरै मात्रामा स्थापित भएकोमा खुशी व्यक्त गर्नुभएको छ ।

प्रशिक्षक लिल प्रकाश चन्दले अभ्यासहितको तालिम प्रदान गराउनु भएको थियो । सहभागिहरुले उपलब्धीमुलक तालिम भएको बताएका छन् ।

चार दिनसम्म चलेको प्रशिक्षणमा विभिन्न सञ्चार क्षेत्रमा क्रियाशील पत्रकारहरु कृष्ण ओली, प्रकाश सिंह, बसन्त विश्वकर्मा, निमेन्द्र शाही, प्रेम रौले लगायतले पनि दिएका थिए । समापन कार्यक्रममा प्रशिक्षणमा सहभागि प्रशिक्षर्थीलाई प्रमाण पत्र दिईएको छ । तालिम स्वामीकार्तिक प्लाजामा संचालन गरिएको थियो ।

No description available.



शनिबार १८, असार २०७९ ०६:१६ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.