जडाङ्गामा बडीमालिका सामुदायिक बीउ बैंक तथा कृषि उपज संकलन केन्द्र

सांसद थापाद्धारा उद्घाटन तथा हस्तान्त्रण

नजिक न्युज संवाददाता    

जडाङ्गामा बडीमालिका सामुदायिक बीउ बैंक तथा कृषि उपज संकलन केन्द्र

बाजुरा : बाजुरा जिल्लाको बडीमालिका नगरपालिका–६ जडाङ्गामा बीउँ बैंक तथा उपज संकलन केन्द्र स्थापित गरिएको छ । 

बडीमालिका नगरपालिका, सहास नेपाल र आई.एन.एफ. नेपालको संयुक्त साझेदारीमा नगरपालिकामै पहिलो पटक बीउँ तथा कृषि उपज संकलन केन्द्र स्थापित गरिएको हो । 

सामुदायिक बीउ तथा कृषि उपज संकलन केन्द्रको विहीबार एक औपचारिक कार्यक्रमकाबीच नेकपा एमाले केन्द्रीय सदस्य तथा बाजुरा जिल्ला ईन्चार्ज एवं प्रतिनिधि सभा सदस्य सांसद लालबहादुर थापाले उद्घाटन गरेका हुन् । उत्पादक पनि कृषक र संचालक पनि कृषक नै रहने गरी यो केन्द्र स्थापना गरिएको हो ।

सहास नेपालको ५ लाख ३८ हजार ६ सय ४५, आई.एन.एफ. नेपालको ४ लाख १६ हजार ३१ र श्रमदान ८२ हजार ६ सय ५७ गरी जम्मा १० लाख ३७ हजार ३ सय ३३ रुपैयाँ लागतमा बीउ तथा कृषि उपज केन्द्र स्थापना गरिएको सहास नोपाल लिफ्ट परियोजना अधिकृत देसिन्द्र राईले बताएका छन् ।

No description available.बडीमालिका नगरपालिकाका नागरिकहरुलाई आर्थिक शुसम्पन्न र कृषिमा आत्मनिर्भर बढाउँनको लागि कृषि उपज उत्पादन र विक्रि वितरण र बीउको संकलन गरी आयत निर्यातमा सहयोग पुर्याउने गरी केन्द्रको स्थापना गरिएको राईले बताए ।

साँफे–मार्तडी राजमार्गको आडैमो यो कृषि उपज संकलन केन्द्र स्थापना भएकाले यहाँका कृषकहरुको आयआर्जनमा टेवा पुग्ने विश्वास लिईएको छ । केन्द्रलाई राम्रोसँग स्थापित गर्नसके जडाङ्गाका नागकिरलाई मात्र नभएर बडीमालिका नगरपालिका भित्रका सबै नागरिक तथा जिल्लालाई समेत मदत पुग्ने सहयोगी संस्थाहरुले बताएका छन् । 

बडीमालिका नगरपालिका–६ को प्राविधिक सहयोगमा स्थापना भएको बीउ तथा कृषि उपज संकलन केन्द्र राजमार्ग र बजार नजिकै रहेकोले दिगो रुपमा संचालन गर्न सके यहाँका कृषको भविष्य उज्वल रहेको देखिन्छ ।

बडीमालिका नगरपालिका ६ का वडाध्यक्ष कृष्ण बहादुर खड्काको अध्यक्षतामा संचालन भएको बडीमालिका सामुदायिक बीउ तथा कृषि उपज केन्द्रको उद्घाटन तथा हस्तान्त्रण कार्यक्रमको प्रमुख अतिथि सांसद लाल बहादुर थापा रहनुभएको थियो । थापाले रिवन काटेर कृषि उपज केन्द्रको उद्घाटन गर्नुभएको हो ।

कार्यक्रमको विशिष्ट अतिथिमा बडीमालिका नगरपालिका नगर प्रमुख अमर बहादुर खड्का, उप–प्रमुख नन्दा कुमारी थापा रहनु भएको थियो । कार्यपालिका सदस्य निर्मला बडुवाल, वडा सदस्य परे बडुवाल, प्रेम बडुवाल, मिना लुहार लगायत अतिथिमा रहनु भएको थियो ।

उद्घाटन कार्यक्रममा बोल्दै नेकपा एमाले केन्द्रीय सदस्य, बाजुरा जिल्ला ईन्चार्ज एवं प्रतिनिधि सभा सदस्य माननीय थापाले व्यवसायि कृषिलाई प्रोत्साहन गरी कृषकलाई अधिकतम लाभ दिनका लागि बीउ तथा कृषि उपज संकलन केन्द्र उपयोगि हुने बताएका छन् । उनले बालीको पुरानो बीउ पाउँन मुस्किल हुने गरेको बताउँदै उक्त संकलन केन्द्रले पुरानो बीउको पनि स्थापित गरी उत्पादन बढाउनुको साथै रैथाने बालीको प्रवद्र्धन गर्न समेत कृषकलाई आग्रह गरेका छन् ।

No description available.बडीमालिका नगरपालिका नगर प्रमुख अमर बहादुर खड्काले प्रत्येक वडामा उत्पादनका लागि नगरपालिकाले नीति तथा कार्यक्रम अघिसारेको बताएका छन् । किसानहरुलाई विभिन्न कृषिजन्य बस्तु उत्पादन लागि प्रात्साहन नीति ल्याएको पनि बताए । कृषकले उत्पादन गरेको बस्तुलाई बजारिकरण गर्नका लागि कृषि एम्बुलेन्सको व्यवस्था गरेको खड्काले बताएका छन् ।

उनले भने राजमार्गसँग जोडिएको बीउ बैंक स्थापना गरेका छौ, यसलाई किसनाहरुको आर्थिक जीवनस्तर सुधारका लागि यो एउटा कोसेढुङ्गा सावित हुन सक्छ । नियमित संचालनका लागि एकले मात्र नभएर सम्पूर्ण किसनाहरुले एकजुट हुनुपर्ने प्रमुख खड्काले बताए । संचालनका लागि बनाएको ५ जना संचालक समितिलाई सबैले भरपुर सहयोग गर्न समेत आग्रह गर्नुभएको छ ।

No description available.त्यस्तै बडीमालिका नगर उप–प्रमुख नन्दा कुमारी थापाले बीउ बाहिरबाट आयत भईरेकोले यसलाई विस्थापित गर्न बडीमालिका सामुदायिक बीउ तथा कृषि उपज केन्द्रले सहयोग पुग्ने बताएकी छन् । यहाँका कृषकहरुलाई आत्मनिर्भर बनाउँन र रैथाने बालीको प्रवद्र्धन गर्न बीउ बैंक स्थापना गर्ने सहयोगी संस्थालाई धन्यवाद व्यक्त गरिन् । 

बडीमालिका नगरपालिकामा लागू भएको लिफ्ट परियोजनाको अवधि सकिएको सहास नेपाल लिफ्ट परियोजना अधिकृत देसिन्द्र राईले जानकारी गरेका थिए । लिफ्ट परियोजनाले विकास निर्माण र मान जीवनलाई परिववर्तन तथा उच्च बनाउन महत्वपूर्ण भूमिका खलेको भन्दै स्थानीय र बीउ बैंक संचालनक समितिले संयुक्त रुपमा फूलमाला सहीत विधाई गरेको छ । कार्यक्रममा जनप्रतिनिधि, संस्थाका कर्मचारी र स्थानीयको सहभागिता रहेको थियो ।

No description available.

No description available.No description available.No description available.



बिहिबार १६, असार २०७९ १०:०० मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.