बाजुरा : बाल गायक सुप्रिम मल्ल ठकुरी मंगलबार आफ्नो गृह जिल्ला बाजुरा पुगेको छन् । पछिल्लो समयका चर्चित लोकदोहोरी बाल गायक मल्ल बाजुरा पुगेपछि उनलाई सम्मान तथा स्वागत गर्न लर्को लागेको छ ।
नाबालक परिचय पत्र बनाउँन बाजुराको मार्तडी पुगेका मल्ललाई नगरपालिका र जिल्लास्थित विभिन्न विद्यालयहरुले स्वागत तथा सम्मान गरेको छ । हिजोदेखि आफन्त र दर्शकहरुलाई भेटघाट गर्न भ्याई नभ्याई भएको छ । हिमाली गाउँपालिका–६ धिम घर भएका गायक मल्ल गायन क्षेत्रमा प्रवेश गरी चर्चामा पुगेपछि पहिलो पटक बाजुरा आएका हुन् ।
जिल्ला सदरमुकास्थित बडीमालिका नगरपालिकाले गायक मल्ललाई सम्मान गरेको छ । नगर प्रमुख अमर खड्का र उप–प्रमुख नन्दा थापाले सम्मान पत्रसहित बधाई दिएको छ । नगर प्रमुख खड्काले बाजुरा जस्तो विकट जिल्लामा जन्मिएर गायक क्षेत्रबाट जिल्लाको सिर नै उच्चो बनाएको भन्दै आगामी यात्राको शुभकामनासहित धन्यवाद व्यक्त गरेको छ ।
सानै उमेरमा कलाकारिता क्षेत्रमा उदाएका मल्लले पछिल्लो समय धेरै गित निकाल्न सफल भएका छन् । उनी हाल १० वर्षका मात्र पुगेका छन् । त्यस्तै मालिका नमुना माध्याकिम विद्यालयले पनि स्वागत तथा सम्मान गरेको छ । प्रअ शुभराज पाध्यायले मल्ललाई फूल मालासहित सम्मान गरेको हो । विद्यार्थीले पनि उनलाई स्वागत तथा सम्मान गरेका छन् ।
त्यस्तै क्रेटोर जोन एकेडेमी स्कुलले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा फापरको पिठो पठाईदेउँ आमा.., यहाँको चामल सारै नै महङ्गो.., शहरमा बस्न गारो भो आमा.., यहाँ त अचेल सबै थोक महङ्गो..। बोलको आफ्नै गित गायपछि दर्शक सबैको आँखामा आसु झरेको थियो ।
बाल गायक मल्ल जब स्टेजमा गाउँन थाले तब सबैलाई भावुक बनाए । स्वरमा दम भएका मल्लले बाजुरामा यो गित गाएपछि सबै आमाहरुलाई भावुक बनाएको थियो । उक्त कार्यक्रममा बाल गायक मल्लले सोही गित गायपछि सबैले धरधरी आँसु झारेको थिए ।
उनको फापरको पिठो पठाईदेउ आमा, यहाँ चामल सारै नै महगो भन्ने बोलको गितले निकै चर्चा पाएको छ । विकट जिल्लाबाट काठमाण्डौ लगायत बाहिर जिल्ला पढ्न गएका विद्यार्थीका दुःख तथा समस्यालाई समेटेर बनाईएको छ । मिठो स्वासँगै गितमा शब्द पनि निकै भावुक रहेका छन् ।
मल्लले कार्यक्रममा थुप्रै अन्य गितहरु गाएर दर्शकहरुलाई मनरोञ्जन गरेका थिए । सम्मान कार्यक्रम बडिमालिका नगरपालिका नगर प्रमुख अमर बहादुर खड्काको प्रमुख आतिथ्यमा भएको थियो । सानो उमेरदेखि नै सांगीतिक क्षेत्रमा लोभलाग्दो सफलता पाउँदै गएका छन् ।
‘बिजुली’,‘बिछोडको करौंतीले’, ‘ताराबाजी लै छोरा’, ‘देउसी भैलो’जस्ता गीत गाएपछि सुप्रिम ‘द भ्वाइस किड्स नेपाल’मा सहभागी भएका थिए । त्यसपछि भने उनको स्वरको चर्चा निकै चुलियो । त्यसपछि उनलाई लिएर गीत रेकर्ड गराउनेहरु बढे । ‘द भ्वाइस किड्स नेपाल’मा सहभागी भएपछि उनले दुई दर्जन बढी गीतमा स्वर दिइसकेका छन् ।
जसमध्ये ‘मेरो बाबा सुपरम्यान’, ‘देउरालीलाई भेटी’, ‘सम्झिराख है साथी’, ‘फोटो सिरानी’ धरान धनकुटा जस्ता गीत लोकप्रिय छन् । चर्चित गीत ‘न बिर्सें तिमीलाई न पाएँ तिमीलाई’ र ‘फोटो फिरिममा’को चाइल्ड भर्सन सुप्रिमको स्वरमा छ । लाइभ दोहोरीमा पनि सुप्रिम उत्तिकै व्यस्त छन् ।
उनले स्वर दिएका गीतभन्दा धेरै संख्यामा लाइभ दोहोरी सार्वजनिक भइसकेका छन् । बाजुरामा जन्मिएका सुप्रिम यतिबेला बाबाआमाका साथ काठमाडौंमा बस्छन् । उनी कक्षा ४ मा अध्ययनरत छन् ।
प्रतिकृया दिनुहोस