बाजुरामा यसरी मनाइयो धान दिवस (फोटो फिचर)

नजिक न्युज संवाददाता    

बाजुरामा यसरी मनाइयो धान दिवस (फोटो फिचर)

बाजुरा : बाजुराका विभिन्न ठाउँमा बुधबार १९ औँ धान दिवस–२०७९ मनाएको छ । कृषि ज्ञान केन्द बाजुराको आयोजना बडीमालिका नगरपालिका तथा अन्य गैर सरकारी संस्थाको संयुक्त सहकार्यमा धान रोपाई कार्यक्रमको आयोजना गरी दिवस मनाएको हो । 

कृषि ज्ञान केन्द्रले आयोजना गरेको धान दिवस बडीमालिका नगरपालिका–८ गणखेत फाँटमा धान रोपाई गरेर दिवस मनाएको कृषि ज्ञान केन्द्र बाजुराका निमित्त कार्यालय प्रमुख हरिप्रसाद पनेरुले बताएका छन् ।

“धान बालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थानमा सहयोग” भन्ने मुल नाराका साथ १९ औँ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव २०७९ भव्यताका साथ मनाएको पनेरुले बताए । 

दिवस स्थानीय कृषक, जनप्रतिनिधि, सरकारी कार्यालयका प्रमुख तथा कर्मचारी लगायतले हिलोमा धान रोप्दै असारे गित गाएका थिए । सहभागीहरुले हिलो छ्यापा छ्याप गरेर रमाइलो पनि गरेका थिए ।

No description available.बडीमालिका नगरपालिका प्रमुख अमर बहादुर खड्का र उप–प्रमुख नन्दा कुमारी थापाले धान रोपेर दिवस कार्यक्रमकोे शुभारम्भ गरेको थियो । दिवसको अवसरमा आयोजित कार्यक्रममा नगर प्रमुख खड्काले उत्पादन बढाएर आयत रोक्न कृषकलाई व्यवसायिक खेतीतर्फ प्रात्साहित गर्ने नीति र योजना बनाएको बताएका छन् ।

खड्काले कृषि क्षेत्रको समस्या पहिचान गरी त्यसको समाधानका लागि नीतिगत रुपमा पहँल गरिने पनि बताए । प्रत्येक वर्ष असार १५ गते मनाईने धान दिवस आज पनि खेतमा धान रोपेर मनाएको छ ।

धान दिवस कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारी, प्रहरी नायव उपरीक्षक सूर्य बहादुर थापा, कृषि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी मीनप्रसाद जैशी लगायत सरकारी कार्यालयका प्रमुख, सहकारीका कर्मचारी, स्थानीय कृषक र पत्रकारहरुको सहभागिता रहेको थियो । 

No description available.असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही च्यूरा खाएर मनाइएको हो । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्यूरा खान्छन् । यसबेला दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ ।

असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वको रुपमा पनि लिइन्छ । खेतीपाती बाहेक अन्य पेशा र व्यवसायमा लागेका नेपालीले पनि आज दही च्यूरा खाई असार १५ मनाउँछन् । हाम्रो संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ । शुभकार्यका लागि घरबाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ । यस्ता शुभ काममा निस्कनु अघि सगुनका रुपमा पनि दही खुवाएर बिदाइ गरिन्छ । निस्कने बेलामा दही खाएर हिँडे साइत पर्ने जनविश्वास रही आएको छ ।

No description available.दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवद्र्धक मानिन्छ । गुरु गोरखनाथले नेपालको एकीकरणकर्ता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहलाई दही खान दिएर पराक्रमी हुने भविष्यवाणी गरेका थिए । आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाएको मोही पिएमा औषधि उपचारका लागि स्वास्थ्यकर्मीकहाँ जानु नपर्ने बताइएको छ । ‘भोजनान्ते पिबेत् तक्रं वैद्यस्य किं प्रयोजनम भन्ने जस्ता वाक्य पनि आयुर्वेदमा उल्लेख गरिएको छ ।

दहीले पाचन शक्ति पनि बढाउँछ । पखाला लागेका बेला दही च्यूरा खाएमा औषधिको काम गर्छ । यसैले दही च्यूरा खाने संस्कारले नेपाली संस्कृतिमा बृहद् रुप लिएको छ । यसरी असार १५ गते नेपाली समाजमा राष्ट्रिय सांस्कृतिक पर्व बन्न सफल भएको छ ।

No description available.सरकारले विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् ।

आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपु छुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ । 

मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापा छ्याप गरेर मनोरञ्जन गर्छन् । असारमा एकपटक हिलोमा पस्नै पर्ने मान्यता पनि नेपालीमा समाजमा रहेको छ ।

No description available.No description available.No description available.No description available.No description available.No description available.



बुधबार १५, असार २०७९ ०४:५१ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.